भूकम्प प्रभावितलाई ३ लाख सहयोग

कार्तिक २२, २०८०


२२ कार्तिक २०८०, स्याङ्जा

स्याङ्जाको भीरकोट नगरपालिकाले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकहरूलाई ३ लाख नगद सहयोग गरेको छ।बुधबार बसेको नगरपालिकाको १०६औँ कार्यपालिका बैठकले भूकम्प प्रभावित नागरिकहरूलाई नगद रकम सहयोग गर्ने निर्णय गरेको हो।

विज्ञापन

कार्यपालिका  बैठकले  जाजरकोटको   विनाशकारी भूकम्पबाट पर्न गएको जनधनको क्षति प्रति हार्दिक दु:ख  प्रकट गर्दै भूकम्पबाट प्रभावित नागरिकहरुलाई राहत स्वरुप प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा रु. ३ लाख नगद जम्मा गर्ने निर्णय गरेको   नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले जानकारी दिए। नगर प्रमुख कर्माचार्यले नगद सँगसँगै २० थान फाइबर सिरक लायन्स क्लब अफ भीरकोट मार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाइएको बताए ।

यो पनि पढ्नुहोस्।

लायन्स क्लब अफ भीरकोट  राहत सामाग्री बोकेर रूकुम जाँदै 

भूकम्प पीडितलाई स्याङ्जा कांग्रेसले १० लाख भन्दा बढी सहयोग गर्ने

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी