पुष्पलाल स्मृती दिवसको अवसरमा रक्तदान
राष्ट्रिय युवासंघ नेपाल , स्याङ्जाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा राष्ट्रिय युवासंघले वालिङमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमबाट १ सय ७ पिन्ट रगत संकलन भएको राष्ट्रिय युवा संघ, स्याङ्जाका सचिव राधाकृष्ण शर्माले स्मार्ट अखबारलाई जानकारी दिनुभयो।
कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले ३० औं पटक रक्तदान गर्नुभयो। गण्डकी प्रदेश सांसद सीता सुन्दासले युवा संघले संस्थापक नेता पुष्पलालको सम्झनामा रक्तदान जस्तो महत्वपूर्ण र सिर्जनशील कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो। मनसुनजन्य विपतका कारण अस्पतालहरूमा रगतको अभाव भएकाले पुष्पलाल स्मृती दिवसको अवसरमा रक्तदान गरिएको राष्ट्रिय युवा संघ स्याङ्जाका अध्यक्ष राजन पोख्रेलले बताउनुभयो । संकलित रगत जिल्ला अस्पताल स्याङ्जामा रहेको ब्लड बैंकमा पठाइएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।