पत्रकार न्यौपाने सम्मानित

बैशाख १९, २०८१


१९ वैशाख २०८१

 

स्याङ्जा जिल्लाका सबैभन्दा सक्रिय पत्रकार हिमाल न्यौपाने सम्मानित भएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुन्तला सुपरजोन समन्वय समितिको चौथो अधिवेशनको अवसरमा  न्यौपाने सम्मानित भएका हुन्।

 जिल्लामा कृषि क्षेत्रका सकारात्मक समाचारहरू सम्प्रेषण गरी जिल्लाको कृषि क्षेत्रको राम्रो प्रचारप्रसार गरेको , सुन्तला कृषकहरूको र समग्र कृषि क्षेत्रको उन्नयनमा सकारात्मक भूमिका खेलेको भन्दै सुपरजोन समन्वय समितिले नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हो। न्यौपाने नेपाल टेलिभिजनका स्याङ्जा संवाददाता हुन्।