२२ कार्तिक २०८०, बुधबार

लायन्स क्लब अफ भीरकोट    पश्चिम रूकुमका भुकम्प पीडितहरूका निम्ति राहत सामाग्री बोकेर  गन्तव्यतर्फ प्रथान गरेको छ। पश्चिम रूकुमको आठबिसकोट नगरपालिकाका भुकुम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरिने क्लबका अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ले स्मार्ट अखबारलाई बताए।

क्लबले आफ्ना सदस्यहरू , भीरकोट र अर्जुनचौपारीका शुभेच्छुक व्यक्ती एवं संघसंस्थाहरूसँग आर्थिक सहयोग लिइ राहत सामाग्री खरिद गरेको क्लबले जनाएको छ। २० घरपरिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न , लत्ताकपडा लगायतका आधारभूत सामाग्री बोकेका २ वटा सवारी साधन र ११ जना क्लबका स्वयंसेवकहरू रूकुम गएका हुन्। “फाइबर सिरक, म्याट,त्रिपाल, चामल, दाल, नुन ,च्युरा लगायतका अत्यावश्यक राहत सामाग्रीहरू सहित जाँदै छौँ। स्थानीय प्रशासन र  सरकारसँग समन्वय भैसकेको छ।” अध्यक्ष अधिकारीले भने।

समाजसेवाको मुख्य उद्देश्य सहित यही वर्ष स्थापना भएको लायन्स क्लब अफ भीरकोटले स्थानीय स्तरमा पनि सरसफाई, जनचेतना अभिवृद्धि लगायतका कामहरू गर्दै आएको छ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here