पौडी खेल्ने क्रममा बेपत्ता भएका पोख्रेल मृत फेला
साउन १२, २०८१
स्मार्ट संवाददाता


स्याङ्जाको आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका वालिङ बहुमुखी क्याम्पसका विद्यार्थी शिव पोख्रेल मृत फेला परेका छन् । पोख्रेल शुक्रबार दिउँसो साथीहरूसँग वालिङ् वडा नं ११ अमले स्थित आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजतलास गर्ने क्रममा वालिङ् वडा नं १३ र गल्याङ वडा नं को ८ सिमाना बायाँटारी स्थित आँधिखोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो।
हरिनास गाउँपालिका वडा नं ५ बसन्त डाँडा घर भई वालिङ् नगरपालिका -५ बिपी चोकमा डेरा गरी बस्ने २३ वर्षीय शिव पोख्रेल वालिङ् बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिए।