२० कात्तिक २०८०, सोमबार

नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले जाजरकोटका भूकम्प पीडित परिवारका लागि १० लाख भन्दा बढीको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भाएर गएको भूकम्प पीडितहरुको पुनस्थापना, राहत लगायतका कार्यका लागि आर्थिक सहयोग गर्ने निर्णय गरिएको कार्यबहाक जिल्ला सभापती केदार काफ्लेले  बताए ।

आइतबार कार्यालयमा बसेको कार्यसमिति पदाधिकारीको बैठकले भुकम्प पीडितलाई आर्थिक सहयोग गर्न निर्णय गरेको नेपाली काँग्रेसका कार्यबहाक जिल्ला सभापती काफ्लेले बताए । जिल्लामा करिब २२ हजार कृयाशील सदस्य रहेको र उनीहरूबाट न्युनतम ५० रूपैयाँ संकलन गर्दा साढे १० लाख भन्दा बढी हुने कार्यबहाक जिल्ला सभापती काफ्लेले जानकारी दिए।

“न्युनतम ५० रूपैयाँ भएपनि आर्थिक रूपले क्षमतावान कार्यकर्ता वा शुभेच्छुकले धेरै सहयोग गर्ने सम्भावना अत्याधिक रहेकाले यो रकम बढ्न सक्ने सम्भावना एकदम बढी छ ।११ वटै स्थानीय तहका पार्टी सभापतिहरूसँग समन्वय गरि निर्णय गरिएको हो। तिहार अघावै भुकम्प पिडिलाई आर्थिक सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।” कार्यबहाक सभापती काफ्लेले भने।

भूकम्प पिडितको सहयोगका लागि पार्टीका कार्यबहाक सभापति काफ्ले र कोषाध्यक्ष जनक काफ्लेको नाममा मुक्तिनाथ विकास बैंकमा राहत खाता खोलिएकाले सहयोग गर्न चाहने शुभेच्छुक तथा अन्य सबैले उक्त खातामा रकम जम्मा गर्न सक्ने पार्टीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here