मेरो जेल जीवनको छोटो स्मरण: धुर्व शर्मा पंगेनी
चैत २१, २०७९
….धुर्व शर्मा पंगेनी…
२०४५ साल चैत्र २१ गते, आजकै दिन
म रत्न राज्य आर आर क्याम्पसमा बि ए प्रथम बर्षमा पढ्दै थिएं । स्याङ्जामा बि ए पढ्ने क्याम्पस थिएन । मंशिरमा म पहिलो चोटि काठमाडौ गएको थिएं । ने बि संघले त्रि बि संग विभिन्न माग राखेर त्रिपुरेश्वरमा रहेको भि सि कार्यालय घेराउ गरिरहेको थियो । भि सि लामो समय कार्यालय आएका थिएनन । ने बि संघले कार्यालय गेटमा उनको कार्टुन बनाएर बृद्ध बालक हराएको सूचना कलात्मक ढंगले टांसेको थियो। त्यस दिन भि सि ले हामी संग बार्ता गर्ने भनेर सुनाइएको कारण केन्द्रिय स्तर र स्व बि यु सभापती स्तरका धेरै बिद्यार्थी नेताहरु भि सि कार्यालय मा थियौं। हामी भि सि को पर्खाइमा थियौं उनिहरु सिभिल ड्रेसमा प्रसस्त प्रहरी परिचालन गरेर हामिलाइ गिरफ्तार गर्ने योजनामा रहेछन । साधा पोशाकमा आएका प्रहरी साथिहरुनै होलान भन्ने लागेर हामिले चाल पाएनौं । जब सांझ पर्यो त्यही आठ बजेको आस पास एका एक बत्ती निभाइयो हामिलाइ धर पकड सुरु भो कति साथी भाग्न सफल हुनु भो हामी समातिऔं । एक रात त्रिपुरेस्वरको बंकरमा राखेर भोलि पल्ट हनुमान ढोका लगियो । विभिन्न प्रकारका केरकार सुरु भो । एक जना थुनुवा राख्न बनाएको सांघुरो कोठामा १५ जना सम्म कोचियो । खान पनि दिएन र दिशा पिसाब गर्ने ठाउँ पुरै दिशा र पिसाबले भरिएको भित्र पस्दा खुट्टा डुब्नी बेहाल थियो । ने बि संघको तत्कालिन केन्द्रिय सभापती बालकृष्ण खांड , महामन्त्री स्व नबिन्द्र राज जोशी , केन्द्रिय नेताहरु चन्द्र भन्डारी , एन पि साउद , हृदयराम थानी , मनोहर श्रेष्ठ , कमला पन्त , सुरेन्द्र पान्डे चेतराज बझाल भेसराज पोखरेल , गेहेन्द्र दाहाल लगायत ७२ जना हामी थियौं । हामिलाइ धेरै सास्ती दिएकाले हामिलाइ कि जेलको पुर्जी ले कि रिहा गर भन्ने नारा लागायौं । प्रहरी संग भित्रै अलि अलि झडप पनि भयो । हामिलाइ त्यही लामो समय दुख दिने नियत रहेछ तर भित्रैको हाम्रो आन्दोलनले हामिलाइ जेल पुर्जी दियो धेरै संख्यामा केन्द्रिय कारागार पठायो ,कमला जि हरुलाइ महिला कारागार पठायो एन पि जि लगायतका साथिहरुलाइ भद्रगोल जेल पठायो । म केन्द्रिय कारागार चलान भएं । हामिलाइ जेल पुर्याउंदा धेरै राती भएको थियो । तीन दिन सम्म खान र सुत्न पाइएको थिएन । नारायण मान बिजुक्छे त्यति बेला जेलमै हुनुहुंदो रहेछ हामी आएको थाहा पाएर उठेर आफुसंग भएको चिउरा खान दिनु भयो जसो तसो सुत्ने प्रबन्ध गर्नु भो । भोलि पल्ट हामिलाइ पातलो तन्ना त्यस्तै ओढ्ने र एउटा सुकुल उपलब्ध भो एउटा ब्लकमा तल माथी मिलेर बस्यौं । हामिलाइ प्रती ब्यक्ती प्रती दिन ४ रुपयां र ७०० ग्राम सेतो चमल सिधा दिने रहेछ त्यसैले सबै पुर्याउन पर्ने । हाम्रो छुट्टै मेष सुरु भो मेष संचालनको सुरु जिम्मा हृदयराम थानी दाइलाइ लगाइयो ।
त्यस जेलमा करिब ७०० जना बन्दी थियौं । हामी राजनितिक बन्दी भएकाले राजबन्दी को दर्जा दिन्थ्यो । राज बन्दिहरुलाइ सिधामा सेतो चामल हुन्थ्यो अरु बन्दी हरुलाइ रातो अर्थात उसिना चामल दिन्थ्यो । विभिन्न कारणले जेल परेका मान्छे थिए । त्यहां पनि ठुला ठुला भ्रष्टाचार , लागू औसध , तस्करी कान्डमा जेल परेकाहरु सान सौगतले बस्थे । उनिहरुको पानी भरिदिने, नुहाइदिदिने , कपडा धुने , खाना पकाइ दिने काम गरेर २ ४ पैसा आर्जन गर्ने पनि त्यही गरिब बन्दी थिए । हामिलाइ धेरै भएको सेतो चामल ती धनी बन्दिहरुले किनेर खान्थे । जेल भित्र दुइवटा साना चिया खाजा पसल थिए ती पसल्हरु त्यही जेल परेका मुल नाइकेले चलाउंथे । मुल नाइकेलाइ बाहिर जान आउन छुट थियो । कैदी बन्दिहरुले बलको भरमा मुल नाइके बनाउने रहेछन मुल नाइकेले आफ्नो अनुकुलका मानिसलाइ नाइके भाइ नाइके चौकिदार नियुक्त गर्दो रहेछ । हामिलाइत त्यो मुल नाइकेको हुकुम मान्न परेन तर त्यहांका अरु बन्दी माथी उसको हुकुम चल्दो रहेछ । मुल नाइकेले त्यहा खुब ठूलो धन राशी कमाउने रहेछ । जेल भित्र एउटा गोल घर थियो । त्यो जेल भित्रको पनि जेल थियो । गोल घरको कैदी बाहिर अरु संग भेट घाट गर्न पाउंथेन । कडा सजायं भएका वा मुल नाइके संग बिद्रोह गर्नेलाइ त्यहां राखिन्थ्यो । केन्द्रीय कारागार भएकोले होला एउटा राम्रो पुस्तकालय थियो हामी पुस्तक ल्याएर पढ्थ्यौं । टेबल तेनिस , बास्केटबल , लन टेनिस को कोर्ट थियो । जेल भित्रको पानी अतिनै फोहर थियो । टिन वाटा धारा थिए । ५० जनाले एकै चोटि दिशा पिसाब गर्न मिल्ने भित खुला जस्तै हल थियो एउटै जेन्डरका हुने भएकाले लाज मानेर साध्य थिएन । त्यति बेला फोहर पानीको कारण धेरैलाइ पखाला चलेको थियो ट्वाइलेट जान हान थाप र त्यहां भित्रको आवाज बिर्सी नसक्नु थियो । कसैले ट्वाइलेट जानकोलागी ट्वाक लिएर धारामा उभिए अर्कोले पानी भर्दै गरेको भएपनी छाडिदिन पर्ने नियम रहेछ । त्यसलाइ इमर्जेन्सी भनिदो रहेछ ।
बिहान उठेपछी र सांझ पख त्यही जेलको चक्कर लगाउने , खाना पछि पढ्ने, सुत्ने ,गफ गर्ने , खेल्ने हाम्रो दिनचर्या थियो । पुराना बन्दिहरु केहिले मोडा बुन्ने , पोते उन्ने काम गर्थे । सांझ ६ ३० देखि ८ बजे सम्म नेपाल टेलिभिजन हेर्न एकै ठाउंमा सबै जम्मा हुन्थे १४ इन्चको एउटा रंगिन टि भि बन्दिहरुले पैसा उठाएर किनेका रहेछन । आठ बजे पछि कोहि पनि बाहिर हिंड डुल गर्न बन्देज थियो ।
राज बन्दिलाइ हप्ताको एकदिन बिहिबार मात्रा आफन्तले भेट्न पाउंथे । जेलको गेट मा फलानोलाइ भेट्ने भने पछि नाम लिएर चौकिदार्हरुले चिच्याउंथे। कति पयको नाम अपभ्रंस भएर भेट्नै नपाइने अबस्था हुन्थ्यो । भेट्न जानेको पुरै खान तसाली गरेर दुई तिर संगिन धारी प्रहरी को बिचमा टाढा बसेर सन्चो बिसन्चो मात्र कुरा गर्न पाइन्थ्यो अन्य केही कुरा गर्न खोजे रोक्थ्यो । हामिला भेट गर्न आउने साथिहरुले चिउरा ,दालमोठ , फलफुल ल्याइदिनु हुन्थ्यो चिउराको प्याकेट भित्र शाप्ताहिक विमर्श पत्रीका लुकाएर आउंथ्यो एउटाले पढ्ने अरुले सुन्ने गरेर बहिरको खबर लिन्थ्यौं । भेट गर्न पनि खासै धेरै आउन डराउंथे उनिहरुको पनि तीन पुस्ते लिन्थ्यो केर कार गर्थ्यो त्यसैले । एक पटक म बिमारी परे हात अनुहार पहेंलो देखियो जेलार भवनमा डाक्टर बोलाइयो मलाइ डाक्टर्ले खुब राजनिती गर्ने भाको भनेर हप्कायो खास जंच गर्न खोजेन मैले बालकृष्ण खांड र नबिन्द्र दाइलाइ डाक्टरले यसो गर्यो भनें वहाहरु र अरु धेरै गएर जेलर र डाक्टरलाइ थर्काए पछि मलाइ औषधि दियो । ननिन्द्र राज जोशी दाइको घर काठमाडौ मै भएकोले घरमा गाई पाल्नुहुंदो रहेछ घर बाट गाइको दूध दैनिक मगाएर मलाइ ख्वाउनु भो केही दिनमा म निको भएं ।आदरणीय स्व नबिन्द्रराज जोशी दाइलाइ स्मरण गर्न चाहन्छु । जेल भित्र एउटा ५ ६ बर्ष जतिको बालक पनि थियो । उ कुनै अपराध गरेर जेल परेको थिएन । उसको बाबु गाउंको फटाहाको हत्या गरेको अभियोगमा जेल परेको रहेछ । बाबू जेल परे पछि उसकी आमा पोइल गएकी र घरमा कोहि नभएकोले बाबू संगै जेल बसेको थाहा भो । उसको बाबू जेल भित्र भांडा माझ्ने , लुगा धुने , खाना बनाइ दिने काम गर्थ्यो उ पनि बाबुको काम सघाउंथ्यो । मैले जेलबाट निस्के पछि उसैलाइ सम्झेर मेरो जेल मित्र भने कथा पनि लेखेको छु। त्यति खेर पंचायतको चरम उत्कर्सको बेला थियो कति खेर कसलाइ लगेर मार्छ हामिमा त्यही कुरा हुन्थो । हामिलाइ जेल परेकोमा कुनै पश्चाताप थिएन बरु प्रजातन्त्र र प्रजातान्त्रिक समाजबाद स्थापना गर्न आफुले योगदान गरेकोमा गर्व हुन्थ्यो । आज आफू बिर्सिएको पात्र भए पनि संगै जेल बसेका साथिहरु शासन सत्ताको उच्च तहमा पुगेको देख्दा खुसी लाग्छ । देशको मुहार फेर्न सके हुन्थ्यो जस्तो लाग्छ ।
मेरो त्यही केन्द्रिय कारागारको दोस्रो यात्रा प्रजातन्त्र पुनस्थापना को पहिलो जनाअन्दोलन मा २०४६ साल फागुन ३० गते सामाकोशिमा ब्ल्याक आउट गर्ने क्रममा समातिएर भएको थियो त्यसको अनुभव अर्को लेखमा बताउने छु ।
यहांले यो अनुभव पढिदिनु भएकोमा सादर साधुबात ।