Bheerkot Idol को फाइनलमा उत्कृष्ट १० भिड्ने

असोज १६, २०७८


Bheerkot Idol को सेमीफाइनल राउण्ड सम्पन्न भएको छ। शुक्रबार सम्राट सदनमा आयोजित प्रतिस्पर्धामा १७ उत्कृष्ट प्रतिस्पर्धीहरू सहभागी भएका थिए। १७ जनाबाट फाइनलको लागि उत्कृष्ट १० जना प्रतिभावान प्रतिस्पर्धीहरू छानिएका छ्न्।आयोजक खिलुङ् कालिका म्युजिक प्रा.लि. का लागि अनुसार अब २२ गते हुने फाइनलमा १० जना उत्कृष्ट गायन प्रतिभाहरू भिड्ने छ्न्।



लोक दोहोरी गायिका पार्वती जि.सी, आधुनिक गायक जय कुमार परियार र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान स्याङ्जाका प्रथम उपाध्यक्ष नेत्र खड्का सहितको ३ सदस्यीय निर्णायक मण्डलले आविद अलि,युगिना शर्मा,पवन रोका , रोशन सुनार ,संगिता गुरुङ ,आरती कुवँर ,अनिल खड्का,स्वस्थान्जु श्रेष्ठ , प्रशंसा श्रेष्ठ र प्रतीक्षा वि.क लाई उत्कृष्ट दशमा छनोट गरेको हो। सम्राट सदनमै हुने फाइनलमा सहभागी हुन भीरकोटबासी गीत संगीत प्रेमी महानुभावहरूलाई आयोजकले आग्रह गरेको छ।

बालमैत्री भीरकोट नगरपालिका मुख्य प्रायोजक रहेको यो कार्यक्रमका विजेताहरूको लागि प्रथम र द्वितीय पुरस्कारको प्रायोजन पुन रेकर्डिङ्ग स्टुडियो, पोखराले गरेको छ भने तृतीय पुरस्कारको प्रायोजन मदन एन्ड सन्स फर्निचरका संचालक सन्दिप के.सि.ले गर्नुभएको छ। नेपाली कांग्रेस भीरकोटका निवर्तमान नगर सभापति तोयनाथ अर्यालले कार्यक्रमको ब्यानर निर्माणमा सहयोग गर्नुभएको छ । यसैगरी ओरेन्ज ट्री रेष्टुरेन्ट सुम्रेखोला, स्याङ्गजाले पम्पेलेट छपाइमा सहयोग गरेको छ ।कार्यक्रम संचालनका लागि सम्राट सदन, बयरघारीले हल प्रदान गरि सहयोग गरेको छ । भीरकोटका शुभलक्ष्मी बचत तथा ऋण सहकारी, दर्लामी रेस्टुरेन्ट, गुरूङ फेन्सीले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गरेका छ्न् । अर्याल मिष्ठान्न स्याङ्गजाको समेत सहयोग पाएको यो कार्यक्रममा एन्जल कोरियन स्कुल, पोखरा र बालोदय माध्यमिक विद्यालय, सुन्दरबजारले पनि शैक्षिक सहयोगीको भूमिका निर्वाह गरेका छ्न् । मिडिया सहयोगीका रूपमा स्याङ्गजा एफएम 89.6, स्याङ्गजा, वालिङ्ग टेलिभिजन, वालिङ्ग रेडियो आँधिखोला 105.4, वालिङ्ग, आँधिखोला एक्सप्रेस र भीरकोट खबर डट कमले सहकार्य गर्ने आयोजकले जनाएको छ । स्थानीय कार्यक्रम भएपनि क्षमतावान राष्ट्रिय स्तरको प्रतिभा छनोट गर्ने उद्देश्य राखेको यो कार्यक्रमले सम्पूर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरूलाई धन्यवाद दिंदै थप सहयोगको अपेक्षा पनि गरेको छ । भीरकोट आइडलमा आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुले आयोजकको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. 07200106976689000001 मा रकम जम्मा गर्न सकिने जनाइएको छ । आर्थिक सहयोग गर्ने सबैलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।