राजनितिक खिचातानीमा पिल्सिएको देश नेपाल

माघ १५, २०७९


ढाकाराम खनाल
१५ माघ २०७९

विज्ञापन
बिज्ञापन

नेपालमा विधिको शासन कल्पनाको विषय मात्रै रह्यो ।सम्मानित अदालतले व्यक्ति अनुसार  निर्णय सुनाएको प्रष्ट देखिएको छ । रविले मात्र होइन, संस्थाको मर्यादा राख्ने काम कुनै निकाय बाट पनि भएको देखिंदैन । रविको केश न्यूज २४ चलाउंँदै देखिको रहेछ त । यस्ता केश हेर्ने संस्थाहरु के हेरेर बसेका थिए ? अनि रविले राष्ट्रिय स्वतन्त्र पार्टि दर्ता गर्दा, संघिय चुनाव, जति बेला मनोनयन दर्ता गरिएको थियो निर्वाचन आयोग के हेरेर बसेको थियो ? गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, महान्यायधिवक्ताको कार्यालय कता थिए ? एउटा अनागरिक व्यक्ति राज्यको उपल्लो तहमा पुग्दा सम्म यिनीहरुले के हेरेर बसेका थिए । राज्यका यी संस्थाहरु निकम्वा होइनन् । यिनले राज्यको कानूनलाई मजाकमा उडाएनन् । राज्यको कानुनले स्थापित गरेका संस्थाहरुले, राजनितिक दल अनि उनीहरुले सडकमा गरेका पपुलर निर्णय बाट प्रभावित भएर जे पनि निर्णय गर्न पाइन्छ ? रविको एउटा सानो मानवीय त्रुटिलाई यी निकायले बेलैमा रोकी दिएको भए अहिले अवैध व्यक्ति उपल्लो तह सम्म पुगेको नजिर स्थापित त हुने थिएन नी । यी निकायहरु सबै तमासे होइनन त । राजनितिक निकायले मात्रै सबै काम गर्ने हो भने यि निकायको के काम ? व्यक्ति पिच्छे निर्णय गर्ने राज्यको चरित्र रहे सम्म यो देशले उन्नति र प्रगति कहिल्यै गर्ने छैन ।

अहिलेको अदालतको यो निर्णय स्वागत योग्य छ तथापि सबै ठाउंँमा कानूनको उचित पालना नभए पछि देश र जनताले दुख पाउंँछन भनेको उदाहरण अहिले चरितार्थ भएको छ । एउटा सरकार आयो एउटा नियम बनाइदिने, अर्को सरकार आयो अर्को नियम बनाइदिने । सबै संस्थाहरुले राजनितिक दल र नेताहरुको इच्छा, आकांक्षा र विचारमा मात्र चल्ने हो की देश र जनताको लागी पनि केही गर्नु पर्दछ ।

के निर्वाचन पछि बनाइएको गठबन्धन सरकार नेपाली जनता र देशलाई समृद्ध बनाउनको लागी गठन गरिएको होइन र की पार्टि र नेताको फाइदाको लागी मात्रै गठन गरिएको हो ? यसैको जगमा टेकेर राष्ट्रिय सहमतिको सरकार बनाउन सक्नु हुन्न ?

तपाई नेताहरु राजनितिलाई वेश्यावृती बनाउनु भएको छ । एउटा वेश्याको बरु आफ्नै धर्म हुन्छ तर तपाईंहरुको कुनै धर्म छैन । तपाईहरु खाली आफ्नो पद र प्रतिष्ठा बाहेक अरु केही सोच्नु हुंँदैन । तपाईहरु कति बेला के गर्नु हुन्छ थाहै हुंँदैन । मूलुकको अर्थ व्यवस्था टाट पल्टिंदै छ । अब फेरी उपचुनावमा जाने होला । यो उपचुनावमा जानु पर्ने अवस्था तपाईहरुले नै बनाएको हो । सायद अब फेरी गृह मन्त्रीको लागि बार्गेनिङ गर्ने होला । राष्ट्रपतिको लागि गरिने महासंग्राम त छदैछ । तपाईहरुमा राजनैतिक नैतिकता चाँहिदैन ।

माफियागिरी, भ्रष्ट्राचार अनि वेथिति विरुद्ध सबै एक जुट हुनुपर्नेमा यो नयांँ शक्ति र पुराना शक्ति बिचको लडाई के हो ? यसले मूलुक कतातिर जान्छ । वेथितिको पहाडमा हुर्कि बढि उचाईमा पुगेका पुराना सुविधा भोगी सत्ताधारी तपाईहरु रविको आवाज रोक्न खोज्नु भएको होला । प्रेम प्रसादलाई गिज्याइ रहनु भएको छ । यो प्रकरणलाई रवि संँग मात्रै जोडेर ब्याख्या गर्नु भएको होला यसले बिस्तारै कतिका पर्दाफास गर्दछ बेलैमा सचेत हुन र सच्चिएर अगाडि बढी मूलुकलाई बर्बादिको खाडलबाट निकाल्न पहल गर्नको लागी विनम्र आग्रह गर्दछु ।