नारायण प्रसाद कोइराला, स्याङ्जा
७ भाद्र २०७९

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य उर्मिला गुरुङले मंसिर ४ को चुनावमा युवा र महिलालाई पार्टीले विशेष स्थान दिनुपर्ने बताउनुभएको छ । उहाँले नेपाली काङ्ग्रेसलाई शुद्धीकरण गर्न र पार्टीलाई सही बाटोमा हिँडाल्न पनि महिलालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा पिछडिएका समुदायका महिलालाई विशेष प्राथमिकता दिनुपर्छ । क्षमता भएर पनि पछाडि परेका महिलाहरुलाई स्थान दिन सकेमात्र काङ्ग्रेस अझै बलियो हुनेछ ।’ टोटे पर्वको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले मङ्गला दिदी, शैलजा दिदीहरुले बनाएको इतिहासलाई आफूहरुले अझै फराकिलो बनाउनुपर्ने बताउनुभयो । उहाँले क्षमता भएका महिलाहरुलाई पार्टीले अवसर दिएमा त्यो पार्टी र देशकै लागि फाइदाजनक हुने बताउँदै स्याङ्जाको काङ्ग्रेसले पनि यसबारेमा सोच्नुपर्ने बताउनुभयो ।

उहाँ पार्टीको गत १४ औँ अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रुपमा क्षेत्र नं १ ख बाट जिल्लामै सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभएको थियो भने गण्डकी प्रदेश सदस्यमा महिला जनजातिबाट सबैभन्दा बढी मत पाउनुभएको थियो । देशभरिका होमस्टेहरुको सङ्गठन होसानकी केन्द्रीय उपाध्यक्ष समेत रहनुभएकी गुरुङ सिरुबारी होमस्टेकी अभियन्ताका रुपमा समेत परिचित हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here