योगी नरहरिनाथको स्मृतिमा दिप प्रज्वलन

फागुन १७, २०७९


१७ फागुन २०७९

स्मार्ट संवाददाता, वालिङ

विश्व हिन्दु युव संघ स्याङ्जाले राष्ट्र गुरु योगि नरहरिनाथको १०९ औ स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ। स्याङ्जाको वालिङ स्थित केदारनाथ मन्दिरमा गरिएको कार्यक्रममको संयोजन विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलले गरेका थिए । कार्यक्रममा विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य एवं वालिङ ११ का वडा अध्यक्ष डण्डपाणि पङे्नी , समाजसेवी ध्रुब पङे्नी ,कमल कुँवर,दिक्षान्त प्रताप खाँण,केदारनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिताराम अधिकारी,विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला प्रवक्ता हरि रेग्मी,सह प्रवक्ता कुशल बस्याल,जिल्ला सदस्य प्रज्वल रनपाल,राजन रेग्मी , भिम बहादुर रोका,बबिन पाठक लगायतको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य डण्डपाणी पङे्नीले योगी नरहरीनाथले देखाउनु भएको सकारात्मक पथ तिर लम्किन आग्रह गरेका थिए। योगीले नेपाललाई आर्थिक रुपमा सबल बनाउन ठुलो योगदान गरेको चर्चा गरेका थिए। सिताराम अधिकारीले योगी नरहरिनाथले पहलमा केदारनाथ मन्दिर स्थापना भएको बताएका थिए।

त्यस्तै विश्व हिन्दु युवा संघ जिल्ला अध्यक्ष नबराज पौडेलले योगीले खोज्नु भएको र पूर्वीय दर्शनको आधारमा हामी हिँडे मात्र योगीको सपना पुरा हुने कुरा बताएका थिए। पाैडेलले अहिले योगीले देखाएको बाटोमा हिड्ने बेला आएको र उहाँले आयुर्वेदमा पनि ठुलो योगदान पुर्‍याउनु बताएका थिए।योगीले गौ संरक्षणमा विशेष जोड दिनु भएको कुरा पनि स्मरण गरिएको थियो । विश्व हिन्दु युवा संघ स्याङ्जाले उहाँको नाममा योगी नरहरिनाथ संस्कृत पुस्तकालयको पनि स्थापना गरेको छ।अध्यक्ष पौडेलले पुस्तकालयमा उहाँले लेखेका पुस्तकहरु पनि राखिएको बताएका थिए।