लायन्स क्बल अफ भीरकोटद्वारा राहत सामाग्री वितरण


असार ३०, स्याङ्जा
मनसुनजन्य विपद्का कारण अप्ठ्यारोमा परेका एवं धनजनको क्षति भएका भीरकोटका नागरिकहरूलाई लायन्स क्लब अफ भीरकोटले राहत वितरण गरेको छ। नगरपालिकाको वडा नं ४, ५, ९ का बाढी पहिरोबाट पिडित भएका १० परिवारलाई राहत वितरण गरिएको क्लबका अध्यक्ष ढाकाराम खनालले बताउनुभयो।

बाढी र पहिरोमा परी परिवारजन गुमाएका परिवारलाई नगद १० हजार सहित खाद्यान्न , त्रिपाल, भाँडाकुँडा लगायतका अत्यावश्यक सामाग्री प्रदान गरिएको हो। यसैगरी विपद्का कारण घरबास जोखिममा परेर अप्ठ्यारोमा परेका परिवारलाई खाद्यान्न , त्रिपाल, भाँडाकुँडा लगायतका अत्यावश्यक सामाग्री प्रदान प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण ) ले जानकारी दिए।
मृतक शुरेश श्रेष्ठको छोराछोरीको शिक्षादिक्षाको लागि परिवारलाई नगद रू १० हजार, खेम कुमारी मल्लको काजकिरिया गर्न परिवारलाई नगद १० हजार र राहत सामाग्री प्रदान गरिएको हो। पिडित परिवारको घरमै पुगेर लायन्स क्लबले राहत सामाग्री प्रदान गरेको हो।
यसैगरी मीना सार्की,श्रीमती सार्की,रिता सार्की, नरबहादुर सार्की, राजेन्द्र गिरी, प्रेम सार्की, चन्द्र बहादुर सिंजाली र नर बहादुर सिंजालीको परिवारलाई राहत सामाग्री वितरण गरिएको क्लबले जानकारी दिएको छ।
बाढी पहिरोमा परेर धनजन गुमाएका र अप्ठ्यारोमा परेका परिवारजनलाई समानुभूती प्रकट गर्न र मानवीय सहयोग गर्ने हेतुले राहत सामाग्री प्रदान गरिएको अध्यक्ष खनालले बताउनुभयो।