आफ्ना ग्राहकको गुनासो सम्बोधन गर्न वर्ल्डलिङ्कले प्रयोगमा ल्यायो एआई च्याटबट
![](https://smartakhabar.com/wp-content/uploads/2023/10/1080x675-1024x640.jpg)
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । कम्पनीले आइतवारदेखि वेबसाइट र ह्वाट्सएप नम्बरमा एआई इन्ट्रिगेट गर्दै आफ्नो ग्राहक सेवालाई नयाँ आयाम दिएको हो ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/new-palika-jingle-rgb-1.jpg)
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/janahit_dengue-1.jpg)
कम्पनीका अनुसार प्रयोगकर्ताले वर्ल्डलिङ्कको ग्राहक सेवामा जुन प्रयोजनका लागि सम्पर्क गर्छन्, त्यो सबै मेसेजबाटै सोध्न सकिनेछ । “मेरो अकाउन्ट एक्सटेन्ड गरिदिनु, इन्टरनेट कनेक्सन चेक गरिदिनु, नेटटिभीमा आएको समस्या समाधान गरिदिनु जस्ता गुनासोका लागि जसरी प्रयोगकर्ताले वर्ल्डलिङ्कको ग्राहक सेवामा सम्पर्क गर्छन्, त्यो सबै अब एआई च्याटबटसँग सोध्न सकिनेछ । त्यसको समाधान च्याटबटले नै गरिदिनेछ,” कम्पनीका प्रतिनिधिले टेकपानासँग भने, “हामीलाई दैनिक रूपमा आउने फोन कलको सङ्ख्या घटाउन र नयाँ प्रविधि आत्मसात गर्न यस्तो सुविधा ल्याएका हौं ।”
![](https://smartakhabar.com/wp-content/uploads/2023/03/wlink_ad.gif)
वेबसाइट तथा ह्वाट्सएपबाट एआई च्याटबटसामु आफ्नो समस्या राख्दा प्रयोगकर्ताले मोबाइल नम्बर राखेर युजर भेरिफाइ गराउनु पर्ने हुन्छ । युजर भेरिफाई गर्दा आफ्नो नम्बरमा आएको ओटीपी कोड राख्नुपर्ने हुन्छ ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/smart_link_80081.gif)
त्यसपछि च्याटबटले प्रयोगकर्ताले राखेको समस्याको समाधान दिने कम्पनीले जनाएको छ । यदि च्याटबटसँग कुरा गर्दा प्रयोगकर्ता सन्तुष्ट भएनन् भने अनलाइनमार्फत वर्ल्डलिङ्कका प्रतिनिधिसँग प्रत्यक्ष कुरा गर्न सकिनेछ ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/new-ad-smart-1.jpg)
श्रोत: टेक पाना
![](https://smartakhabar.com/wp-content/uploads/2023/01/jayalaxmi-tiff.gif)