भ्यालेन्टाइन डे को कुरा

फागुन ०२, २०७८


०२ फागुन २०७८ , रागी अमृत

तेस्रो शताब्दी समाप्तितिर रोम कथा अनुसार एक क्रीस्चियन पादरी थिए जसको नाम भ्यालेन्टाइन थियो।उनी प्रेम र बिबाहमा अनुशासन हुनुपर्छ भन्दथे र अरुलाइ पनि सुझाव दिइनैरहन्थे । उनि भन्ने गर्थे,  “हामी (युरोपियनहरु ) यस्तो शारीरिक सम्बन्ध राख्छौं जुन कुकुरको जस्तो छ, जनावरको जस्तो काम गर्छौ, यो गलत छ।यस्लाइ परिवर्तन गर्नुपर्छ । यस्तो क्रियाकलापले हामी रोमबासीहरु मात्र होइन सारा युरोप यौनरोग को चपेटामा पर्छ । यसलाइ सुधार्न एक पति पत्नी बीचमा मात्र यौन सम्पर्क हुनुपर्छ।उनी भन्ने गर्दथे पहिला प्रेम गर अनि बिबाह गर ।अनि बल्ल शारीरिक सम्बन्ध राख्नु, यस्तो जथाभावी यौनसम्पर्कले हाम्रो सभ्यता नै नष्ट गर्छ ।” उनी चर्चमा आउने प्रत्येक ब्यक्तिहरुलाइ सुझाव दिइनै रहन्थे, “हामी गलत बाटोमा छौँ, सहि बाटोमा हिड्नुपर्छ र सहि बाटो भनेको प्रेम पछि मात्र यौन सम्बन्ध राख्नु हो ।” अनि उनलाइ त्यहाँका जनताहरुले प्रश्न राख्थे, “यस्तो भाइरस कसरी आयो हजुरलाई ? हाम्रो युरोपेली संस्कृतिमा तेस्तो त कहिलै भएको छैन । अनि भ्यालेन्टाइन भन्ने गर्थे, “मैले पूर्वीय संस्कृती, सभ्यताको अध्ययन गरेको छु । हिन्दुहरुको जीवनशैली नियालेको छु । मलाई लाग्छ उनीहरुको जीवनशैली उत्तम छ वैज्ञानिक छ। कोहि उनको भनाइ मान्थे भने कोहि फादर बौलाहायो भन्दै हिड्थे र धेरै जनासगँ सम्बन्ध राख्दै हिड्थे । त्यो समयमा त्याहाका राजा क्लाउडियस द्वितीय थिए । जब उनको कानमा भ्यालेन्टाइनका कुराहरु पर्दथे तब उनि क्रोधले राता हुन्थे अनि जथाभावी गाली गर्दथे र भन्ने गर्दथे, “यो मान्छेले हाम्रो परम्परा बिगार्छ, हामी बिबाह नगरि बस्ने मान्छे हौ, प्रेम त झन परै जाओस, हामी मोज मजा मा जिन्दगी ब्यतित गर्ने मान्छे हौं । यो पादरीले हाम्रो संस्कृतीनै धरापमा पार्दै छ । यसले प्रेम गर बिबाह गर भन्दै हिड्छ, जुन हाम्रो देशमा राजद्रोह हो ।”

त्यो बेला राजा कलाउडियसले सैनिकलाई प्रेम र विवाह गर्न त झन प्रतिबन्ध नै लगाएका । उनी भन्ने गर्थे नारीसगँको प्रेम सम्बन्धले देशको गोप्य सूचना बाहिर आउछ । तर भ्यालेन्टाइनले भने धेरै सैनिकहरुलाइ गोप्य रुपमा बिबाह गराइदिएका थिए, राजालाइ त्यो बारे पनि थाहा भैसकेको थियो । अनि रिसले चुर राजाले सैनिक बोलाइ भ्यालेन्टाइनलाई गिरफ्तार गर्न आदेश दिए, सैनिकले तत्काल उनलाई दरबार ल्याए । कलाउडियसले भ्यालेन्टाइनसगँ सोधे, “के गरेको किन यस्तो अधर्म फैलाएको ?? तिमि संस्कृती नस्ट गर्दैछौ ।”

अनि भ्यालेन्टाइनले भने, “मैले ठिक गरेको छु, सबैले प्रेम गर्न विवाह गर्न पाउनुपर्छ, जथाभावी सम्बन्ध राख्ने काम राम्रो होइन ।” अनि अरु कुरा नसुनी राजाले भ्यालेन्टाइन्लाइ फासी को सजाय सुनाए । जथाभावी बच्चाहरुको विवाह गराउँदै हिड्ने राजाको कुरा नमान्ने भनेर आरोप लगाइयो । त्यो दिन फेब्रुअरी १४ सन् ४९८ मा भ्यालेन्टाइन फासीमा चढे ।

अनि भ्यालेन्टाइनले विवाह गराइदिएका जोडिहरु उनको मृत्यु प्रति अति दुखी भइ उनको यादमा फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे मान्न सुरु गरे । यो दिनमा प्रेमी प्रेमिकाहरु आफ्नो प्रेम अभिव्यक्त गर्छ्न, उपहारहरु आदानप्रदान गर्छ्न । समयसंगै भ्यालेन्टाइन डे मनाउने तरीका बदलिएको छ । सामान्यतया प्रेमी प्रेमिका बीच गुलाफको फुल दिएर आफ्नो प्रेमिल भावना साटासाट गर्छ । एक हप्ता अघिबाट भ्यालेन्टाइन डे को चहलपहल सुरु हुने गरेको पाइन्छ ।

फेब्रुअरी ७ तारीख = रोज डे                                    ८ तारीख = प्रपोज डे                                              ९ तारीख = चक्लेट डे                                          १० तारीख =टेड्डी बियर डे                                    ११ तारिख = प्रमिस डे                                        १२  तारिख = हग डे                                              १३ तारिख = किस डे                                           १४ तारिख = भ्यालेनटाइन डे



यो मिति हेर्दा बुझ्न सकिन्छ भ्यालेन्टाइन डे मनाउन गुलाफ दिएर (प्रपोज) प्रेम प्रस्ताव राखिसकेपछि मिठाई, गुडिया दिइसकेपछी मात्र (हग) अङकमाल गर्ने अनुमति मिल्छ । आजभोलि प्रेमको परिभाषा नै फरक छ्न सायद भौतिकताले प्रेम विलीन भएको छ या भौतिक वस्तु ले प्रेम दर्शाउन मदत गर्छ । यसको प्रत्यक्ष फाइदा ब्यापारीलाइ पुगेको छ । महँगो गिफ्टहरु बिक्ने गरेका छन । चक्लेट, गुडियाहरु धेरै बिकेका छ्न् । अझ गुलाफको फुलको त अभाव को कारण भारतबाटै ल्याउने समाचार पनि आएको सुनिन्छ ।

भ्यालेन्टाइन डे आजभोलि प्रेमको अभिव्यक्त गर्ने दिन भन्दा बढी गिफ्टहरुको बजार बढाउने र अतृप्ति लैङ्गीक इच्छाहरुको पुर्ती गर्ने एक मात्र संस्कृती बन्दै छ । भ्यालेन्टाइन डे मा प्रेमी प्रेमिकाहरु एकान्तमा भेट्ने गरेको पाइन्छ । के यो निश्चल प्रेमको अभिव्यक्ति हो ? कि वासना प्राप्तीको परिश्रमी । आँकडाहरु अनौठो तथ्य देखाउछ्न् । भ्यालेन्टाइन डे को दिन मा परिवार नियोजनको साधन बढी बिक्ने गरेको पाइन्छ । के प्रेम दर्शाउन यौन अपरिहार्य छ ? कदापि छैन यि त केवल पश्चिमी चालचलनको अनुसरण मात्र हो ।

हामी हाम्रो संस्कारनै बिर्सेर भ्यालेन्टाइन डे को नाउँमा यहाँको समाजलाइ अपाच्य क्रियाकलाप देखाउन बन्द गर्नुपर्छ । प्रेम दर्शाउन कुनै दिन बिशेष कुर्नु पर्छ जस्तो लाग्दैन । प्रेम दिवस कुनै एक दिन मनाएर अरु दिन घृणाले समय बिताउनु पनि त मुर्खता हो । प्रेम भगवानको अत्यन्तै महत्त्वपूर्ण आविष्कार हो । यो यस्तो भाव हो, जसले दुनियाँ चलाउन/चल्न सहयोग गरेको छ । भ्यालेन्टाइन डे सम्बन्धि केहि तथ्यहरुः

१) ३% घरपालुवा जनावरको मालिकले आफ्ना प्रिय जनावरलाइ भ्यालेन्टाइन डे गिफ्ट दिन्छ्न ।

२) ई:वि १५३७ मा ब्रिटेनका राजा हेनरी दित्तियले भ्यालेन्टाइन डे फेब्रुअरी १४ मा सरकारी छुट्टी घोषण गरे ।

३) मुटु आकारको चक्लेट करीब ३५ मिलियन बक्स भ्यालेन्टाइन डे मा बिक्ने गर्छ ।

४) ७३% पुरुष र २७% केटीहरुले भ्यालेन्टाइन डे मा गुलाफ किन्ने गर्छ्न् ।

५) १५% अमेरिकी महिलाले कसैले थाहा नपाउने गरि आफैलाइ भ्यालेन्टाइन गिफ्ट पठाउछ्न् ।