मिलन समीरको “मिलनमन्त्र” सार्वजनिक
साउन ०५, २०८१
स्मार्ट संवाददाता


स्याङ्जाली साहित्यकार मिलन समीरको मुक्तक संग्रह “मिलनमन्त्र” सार्वजनिक गरिएको छ। ४२ औं वि.पि. स्मृति दिवसको अवसर पारेर शनिवार सार्वजनिक गरिएको मुक्तक संग्रहमा २ सय ४९ वटा मुक्तकहरू समावेश गरिएका छन्।
वालिङमा आयोजित “समीर साँझ- २०८१” मा साहित्यकार देवीप्रसाद वनवासी, समालोचक यमप्रकाश खनाल र साहित्यकार मिलन समिरले संयुक्त रूपमा “मिलनमन्त्र” को विमोचन गर्नुभएको हो। “मिलनमन्त्र” मा जीवन संघर्ष, प्रेम, मिलन , बिछोड जस्ता विषयवस्तुलाई जीवन्तरूपमा प्रस्तुत गरिएको छ। यो साहित्यकार समिरको पहिलो एकल मुक्तक संग्रह हो। वैकल्पिक बाटो पृथक पाइला, सिर्जनात्मक अभियान २०७६ ले प्रकाशन गरेको मुक्तक संग्रहको बजार मूल्य २ सय रूपैयाँ रहेको छ।
