नेका भीरकोट कार्यसमितिद्वारा स्याङ्जा कारागारका बन्दिहरूलाई टि.भी प्रदान
स्याङ्जा : नेपाली काङ्ग्रेस भीरकोट नगर कार्यसमितिले स्याङ्जा जिल्ला कारागारका कैदी बन्दीहरूलाई टेलिभिजन प्रदान गरेको छ।भीरकोटका नगर प्रमुख छायाराम खनाल र निवर्तमान सभापति तोयनाथ अर्यालको जन्मदिनको शुभ अवसर पारेर नवनिर्वाचित कार्यसमितीले २४ इन्चको रङ्गीन टेलिभिजन स्याङ्जा कारागारका निमित्त प्रमुख पूर्णचन्द्र रेग्मीलाई प्रदान गरेको हो।
नव निर्वाचित नगर कार्यसमितिका अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले कैदी बन्दीहरूलाई सूचना,समाचार र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले टि.भी. प्रदान गरिएको बताउनुभयो।भीरकोट नगर कार्यसमितिका सम्पूर्ण युवा पदाधिकारीहरूको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि टि.भी प्रदान गरिएको थियो।कार्यक्रममा निर्वतमान नगर सभापती तोयनाथ अर्याल,नेपाल तरूण दल भीरकोटका सभापति राजकुमार गुरूङ्, स्याङ्जा काठमाडौं सम्पर्क समितिका अध्यक्ष देवी प्रसाद अर्याल ,स्याङ्जाका अग्रज पत्रकार ओम प्रकाश शर्मा लगायतको उपस्थिती रहेको थियो।