टुक्रा –
फागुन १०, २०७८
टुक्रा
#####
ढुङ्गाको तीन ठाउँमा थुप्रो पारियो
जग्गालाई तीन टुक्रा गरियो
एउटा चुलो तीन तिर लगाइयो
यस्तै धेरै थरीको
बराबरि टुक्रा पारियो
खुब खुशी भए
टुक्रा लगाउने मनहरु
जस्तो कि यत्रतत्र छिरलिएको
फूललाई संगालेर माला बनाए जस्तो
सन्सारले देख्न सक्यो
टुक्राइएका, टुक्रिएका टुक्राहरु
तर सकेन
वर्षौ लागेर सिङ्गो बनाउनेको
टुक्रिएको मन
– बसन्ती सुवेदी