नयाँ वर्ष २०८१ को शुभकामना

बैशाख ०८, २०८१


२०८१ बैशाख ८ गते, शनिवार
हार्दिक म‌ंगलमय शुभकामना आउने नयाँ वर्षको
दीर्घायु सु-स्वास्थ्यको शुभकामना वर्ष रहोस हर्षको !
 उन्नती प्रगति हुँदै जाओस परिवार सबै इष्टमित्रमा
अधुरा काम पुरा होउन यही नयाँ वर्ष भित्रमा !
एकासी सालको शुभकामना हाँसी खुसी जिउनु
जे कुराले फाइदा गर्छ त्यही खानु पिउनु !
आउँदै गरेको एकासी सालमा नराम्रो कुरा बोल्नै नपरोस्,
त्यसै मिठो भइदिओस बोलिमा चिनी घोल्नै नपरोस् !
विद्यार्थीलाई सरसर्ती विद्या आईदि‍ओस, पटक पटक घोट्नै नपरोस्
सडक राम्रो भई दिओस् स्कूल जाँदा आउँदा लोट्नै नपरोस् !
गाउँगाउँमा स्कूल बस पुगोस विद्यार्थी हिड्नै नपरोस्
अर्गानिक खाना घरमै पाकुन बिस्कुट किन्नै नपरोस् !
सबैको घर नास्ता बनोस बजारमा जंकफुड किन्नै नपरोस्,
विरामी भई उपचारको लागि अस्पताल तिर हिन्नै नपरोस् !
असीमा मन फाटेको भए एकासीले सिलाई दिओस्
शुभकामना आदानप्रदान गर्ने मौका मिलाई दिओस् !
हे नानी बाबु हो, पढाईको साथमा अनुशासन सँगै लए
लक्ष्य पुरा पक्कै हुनेछ सबैले मिलेर गए !
कविता लामो होला भनेर  मैले कविता छोटाइसकेँ,
भात मात्र खाँदा बालबालिका दुब्ला थिए, साग खान थालेपछि मोटाइसके !
कविता पढ्नुभएकोमा मुरी मुरी सलाम हजुर
कविता धेरै लामो होला रोकौं है त कलम हजुर !
  शुभकामनाका शब्दहरु फूलको थुँगा सरी लिनु
कही गल्ती हुन सक्छ मलाई माफ गरिदिनु !
पढिदिनुभएकोमा  भन्न चाहन्छु जन हजुर
शुभकामनाका शब्दहरु यसमा यत्ती भए हजुर !
 अनुशासित सबै बनी पढाई राम्रो पार हजुर
यत्ती भन्दै विदा हुन्छु हस्त नमस्कार हजुर !