स्मार्ट अखबार संवाददाता
२२ साउन २०७९

स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्रधाममा २५ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ। विश्व हिन्दु महासंघ, भीरकोट र निवर्तमान नगर प्रमुख छायाराम खनालको पहलमा त्रिशुल स्थापना छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार ढुवानी खर्चबाहेक १ लाख ३० हजारमा काठमाडौंबाट त्रिशुल खरिद गरि मन्दिरमा ल्याइएको हो। मन्दिर अगाडि स्थापना गरिएको त्रिशुल फलामबाट बनेको र तामाको जलप लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो। “२ वर्ष अगाडि मन्दिर परिसरमै संचालित धार्मिक कार्यक्रमका दौरान गरिएको त्रिशुल स्थापना गर्ने वाचा पूरा गर्न पाउँदा खुशी लागेको छ। हिन्दु धर्ममा आस्था राख्ने धार्मिक मनहरूको स्वेच्छिक दान संकलन गरी लागत रकम उठाउने योजना बनाएका छौं।मैले पनि आफ्नो वचन अनुसारको रकम भन्दा बढी काठमाडौंमा बुझाइसकेको छु।” निवर्तमान मेयर खनालले भन्नुभयो, ” ३००० रूपैयाँ भन्दा बढी दिने चन्दादाता सबैको नाम शिलालेखमा लेख्ने योजना समेत बनाएका छौं।” विश्व हिन्दु महासंघ, भीरकोटका अध्यक्ष नन्दलाल खनालले भन्नुभयो, ” यो संस्थाको पहलमा भएको सबैभन्दा पहिलो धार्मिक काम हो। अब संस्थाका धार्मिक गतिविधि र धार्मिक सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखेर अगाडि बढ्नेछौं। त्रिशुलका लागि केही रकम अपुग रहेकाले सहयोग गर्न  इच्छुक सबैले विश्व हिन्दु महासंघ, भीरकोट वा मन्दिर व्यवस्थापन समिती सँग सम्पर्क गर्न समेत अध्यक्ष  खनालले आग्रह गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here