नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि रेग्मीको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण l

भदौ २०, २०७८


भाद्र २०, भीरकोट खबर डेस्क,

भीरकाेट नगरपालिका वडा नं.पा. ६ स्याङजा निवासी श्री सुर्य प्रसाद रेग्मी ज्युकाे पहलमा बाेधिसत्व विहार काठमाडाैंले  भीरकोट नगरपालिका-६, भण्डारखोला, स्याङ्जा स्थित खिलुङ् देउराली स्वास्थ्य चौकीलाई कोभिड १९ विरुद्ध आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । रेग्मी नेपाली काङ्ग्रेसका कृयाशील सदस्य एवं वडा नं ६ बाट नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि समेत हुन् । स्वास्थ्य चौकी प्रमुख युक्तनारायण अर्यालका अनुसार बोधिसत्व विहार काठमाण्डौंले अक्सिजन कन्सन्ट्रेटर १ थान, ५०० मि.लि का सेनिटाइजर २४थान, पल्स अक्सीमिटर १ थान, थर्मल गन १ थान, फेस मास्क ३२० थान, फेस सिल्ड ३० थान, सर्जिकल ग्लोब्स २५ थान, PPE १ थान, गगल्स १७ थान लगायतका विविध अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको हो । नगरपालिकाको तर्फबाट नगरप्रमुख छायाराम खनाल ज्यूले स्वास्थ्य सामग्री बुझीलिई खिलुङ देउराली स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी संचालक समितिका अध्यक्ष एवं वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री, समाजसेवी देवि प्रसाद अर्याल र दिपक राेकाहा पनि उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले कोभिड १९ को जटिल परिस्थितिमा नगरपालिका एवं स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएकोमा बोधिसत्व विहार काठमाण्डौं र संयोजनकारी भूमिका निर्वाह गर्नुभएकोमा सूर्य प्रसाद रेग्मी लगायतका सहयोगी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।