स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा के. सी. निर्वाचित

मङि्सर १०, २०८०


स्मार्ट सम्वाददाता, स्याङ्जा
१० मङ्सिर २०८०, आइतबार

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्रजङ्ग केसी निर्वाचित भएका छन्  । शनिबार जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा  भएको ८ औं अधिवेशनले केसीको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । ३१ सदस्यीय कार्यसमिति बनाउनुपर्ने भएकाले थप सदस्यहरूको विषयमा पहिलो बैठकले टुंगो लगाउने बताइएको छ l  संस्थाको १४ औं वार्षिक साधारण सभा, ८ औं अधिवेशन र ५ औं विश्व सम्मेलन एकै साथ कानुन मंत्री धनराज गुरुङले उद्घाटन गरेका थिए l

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा खगेन्द्र गैह्रे, उपाध्यक्षहरुमा थमनसिंह रानाभाट, राजेन्द्र शर्मा भट्टराई, मीन क्षेत्री, मुक्ति सुवेदी, विजय थापा र महिला उपाध्यक्षमा इन्दिरा खनाललाई सर्वसम्मत निर्वाचित गरेको छ l यसगरी कोषाध्यक्षमा चिरञ्जीवी ढकाल, महासचिवमा राजेश पाण्डे, सचिवमा ओमकार पोख्रेल र मोतिप्रसाद अर्याल, सहकोषाध्यक्षमा धर्मगत पराजुली निर्वाचित भएका छन् l

अधिवेशनबाट अमेरिका संयोजकमा लिल मल्ल, मध्यपूर्व संयोजकमा पीताम्बर अर्याल, एसिया प्यासिफिक संयोजकमा ध्रुव ज्ञवाली, युरोप संयोजकमा अर्जुन अर्याल, महिला संयोजकमा निर्मला तिवारी अर्याल निर्वाचित निर्वाचित भएका छन् l यसैगरी सदस्यहरुमा देवी डोटेल, विपिन अर्याल, विदुर कोइराला, गुप्तप्रसाद गैह्रे, तारा गौडेल ,कुलबहादुर पौडेल क्षेत्री, अमरविक्रम अधिकरी, र हिमलाल डुम्रे रहेका छन् । निर्वाचित पदाधिकारीहरूको कार्यकाल २ वर्ष रहने र सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक खेम प्रसाद काफ्लेले जानकारी दिए l

विश्वभर वैदेशिक रोजगारी र व्यवसायमा संलग्न रहेका स्याङ्गजाबासीहरुलाई एकताबद्ध गरी उनीहरूको समस्याहरुको समाधान, सांस्कृतिक विकास, आपसी भातृत्व विकास गर्दै स्याङ्जा जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सहकार्य गर्ने उद्देश्यले वि.स. २०६६ सालमा स्थापित स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सदस्यहरू र स्याङ्जाको कल्याणका लागि विभिन्न कल्याणकारी कार्यक्रमहरू गर्दै आएको छ।