SOD अध्यक्ष ढुंगानाद्वारा खेलकुद सामाग्री वितरण

कार्तिक ०५, २०७९


५ कार्तिक २०७९

विज्ञापन

स्कुल अफ डेमोक्रेसीका भीरकोटका अध्यक्ष रुद्र ढुंगानाले युवाहरूलाई खेलकुद सामाग्री वितरण गर्नुभएको छ। आज वालिङ नगरपालिका वडा नम्बर ३ का सियारकोट युवा क्लबलाई २ थान भलिबल १ थान जाली १ थान पम्प गरी १५ हजार मूल्य बराबरको खेलकुद सामाग्री वितरण गर्नु भएको हो । खेलकुद सामाग्रीको अभावमा राम्रोसँग खेल अभ्यास गर्न नपाएका खेलप्रेमी युवाहरूलाई खेलकुद सामाग्री वितरण गर्दै अध्यक्ष ढुंगानाले स्वास्थ्य र राष्ट्र दुबैका लागि खेलकुद अत्यावश्यक रहेको बताउनुभयो। खेल सामाग्री वितरण कार्यक्रममा स्कुल अफ डेमोक्रेसी वालिङ नगरपालिकाको सदस्य तथा नेपाल तमु विद्यार्थी छोज धीं का स्याङ्जाका अध्यक्ष लगायत अध्यक्ष ओम गोविन्द तमु गुरुङ, सचीव सुनिल गुरुङ, क्लबका सदस्यहरू गरी २५ जनाको उपस्थिती रहेको थियो। सियारकोट क्लबका अध्यक्ष  ओम प्रकाश गुरुङले खेलकुद सामाग्री प्रदान गर्नुभएको SOD अध्यक्ष ढुंगानालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा क्लबलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो। युवाहरूलाई खेल सामाग्री मात्र नभै रोजगारीका अवसर समेत आवश्यक रहेको उहाँको भनाई थियो।

बिज्ञापन