संसदमा निष्पक्ष भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे

फागुन ०९, २०७९


सागर न्यौपाने,कालीगण्डकी
९ फागुन २०७९

बिज्ञापन

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रेफ्रीले जस्तै संसदमा निष्पक्ष भुमिका निर्वाह गर्ने बताएका छ्न्।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आयोजित चौथो अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सवको एक कार्यक्रमकाबिच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्दै सो कुरा बताएका हुन्।

@सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा गर्ने गरेको बताउँदै उनले कार्यपालिका र व्यवस्थापिकाबीचमा समन्वय हुन नसकेको पनि बताए।

विज्ञापन

मिर्मी खेलमैदानमा संचालन भएको प्रतियोगितामा ६ विधामा १९ वटा स्वर्ण पदक,१९ कास्य पदक,१९रजत पदक गरि ५७ पदक रहेको रहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए । ७ वटा वडा रहेको गाउँपालिकाबाट ७५४ जना खेलाडी सहभागी रहेको आयोजकले जानकारी दिएको छ।गाउँपालिकामा सोमबारदेखि सुरुभएको अध्यक्ष कप १० गतेसम्म संचालन हुनेछ।