पालिकास्तरीय भलिबल प्रतियोगितामा भाग्योदय मा.वि. प्रथम

माघ ०८, २०७९


स्मार्ट संवाददाता, भीरकोट
७ माघ २०७९

बिज्ञापन
विज्ञापन
विज्ञापन

भाग्योदय माध्यमिक विद्यालयले आयोजना गरेको पालिकास्तरीय भलिबल प्रतियोगितामा आयोजक भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ। यसैगरी सहिद शुक्र माध्यमिक विद्यालय द्वितीय भएको छ भने पब्लिक एकेडेमीले तृतीय स्थान हासिल गरेको छ। प्रतियोगितामा दहथुम माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको छ।

प्रथम , द्वितीय , तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालयहरूले क्रमश नगद रू १० हजार, ८ हजार , ६ हजार ,४ हजार , शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न्। यसैगरी संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूबिच भएको भलिबल प्रतियोगितामा सामुदायिक विद्यालयको समूह प्रथम भएको छ। विजयी समुहले नगद रू ५ हजार पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै निवर्तमान नगर प्रमुख छायाराम खनालले खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण क्षमताको विकासमा सहयोग पुर्‍याउने बताए।उनले नगरपालिकाले नगरस्तरीय अतिरिक्त क्रियाकलापको अपनत्व लिनुपर्नेमा जोड दिए। विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले उत्साहजनक  सहभागिता जनाउँदै प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।