निशुल्क एम्बुलेन्स सेवाबाट ४०० विरामी लाभान्वित

भदौ २०, २०७८


भाद्र २०, भीरकोट खबर डेस्क,

स्कुल अफ डेमोक्रेसी (SOD) स्याङ्जाद्वारा संचालित गरिब तथा विपन्न बर्ग लक्षित निशुल्क एम्बुलेन्स सेवाबाट आजको मितिसम्म ४०० जना कोभिड सङ्क्रमित बिरामीलाई सेवा प्रदान गरिएको छ । स्कुल अफ डेमोक्रेसीका स्याङ्जा जिल्ला अध्यक्ष इ. अनुप श्रेष्ठका अनुसार कोभिड महामारीको समयमा जिल्लाका गरिब तथा विपन्नलाई समयमै अस्पताल पुर्याउन सकियोस भन्ने हेतुले सेवा सुरू गरिएको हो । अक्सिजन सिलिन्डर सहितको आरामदायी एम्बुलेन्स मार्फत स्याङ्जा जिल्लाका कोभिड बिरामीहरूलाई उनीहरूको आवश्यकता अनुसार पोखरा, काठमाडौं, नवलपरासी र बुटवलसम्म पुर्याई सेवा प्रदान गरिएको छ । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था स्कुल अफ डेमोक्रेसीले जिल्लाका सहयोगी मनहरूबाट रकम संकलन गरी कोरोना सङ्क्रमित गरिब तथा विपन्नहरूलाई यहि २०७८ जेठ १० गतेदेखि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । भीरकोटमा यो सेवा लिन चाहने बिरामीहरूले स्कुल अफ डेमोक्रेसी, भीरकोटका अध्यक्ष रूद्र ढुङ्गानालाई ९८५६०१८१८९ सम्पर्क गर्न सक्नुहुनेछ ।