वालिङमा तारहरू व्यवस्थित गर्न निर्देशन

भदौ १५, २०७९


स्मार्ट अखबार संवाददाता, १५ भाद्र २०७९

वालिङ नगरपालिकाले वालिङ बजारमा सडक तथा बजार क्षेत्र नै कुरुप हुनेगरी राखिएका बिजुली, इन्टरनेट तथा केवुलतार व्यवस्थित गर्न  सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । सेवा प्रदायकहरूसँग छ्लफल गरि ३५ दिन भित्र अव्यवस्थित रुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिइएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

वालिङ बजारमा रहेका विद्युतीय तथा डिजिटल सेवा प्रदायकका अव्यवस्थित तारहरू  तस्विर : स्मार्ट अखबार

अव्यवस्थित तारहरूले शहर नै कुरूप भएको हुँदा पुराना र अनावश्यक तारहरू हटाउन र सेवा प्रवाह भैरहेकालाई व्यवस्थित गर्न निर्देशन दिइएको नगर प्रमुख खाँणले जानकारी दिनुभयो। दिइएको समयभित्र सम्बन्धित निकायले तारहरू व्यवस्थित नगरेमा पालिकाले नै तारहरू हटाउने तर त्यसको क्षति सेवा प्रदायकले नै बेहोर्नुपर्ने नगरपालिकाले जनाएको छ।

शिक्षकहरूले सक्रिय राजनीति गरे कारबाही गरिने

यसैगरी नगर प्रमुख खाँणले पेशागत मर्यादा भुलेर राजनीति गर्ने शिक्षकहरूलाई कार्बाही गरिने बताउनुभएको छ। आज पालिकामा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगर प्रमुख खांँणले शिक्षकहरूको राजनीतिक सक्रियताले वालिङका प्रतिष्ठित शैक्षिक संस्थाहरूको अवस्था समेत धरासयी बनेको र पालिकाको समग्र शैक्षिक गुणस्तर समेत खस्किएको हुँदा कारबाही गर्ने तयारी गरिएको जानकारी दिनुभयो।