भीरकोट नगरपालिकाको पहिलो/दोस्रोे चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

चैत ३०, २०७७


भीरकोट, चैत्र २९
भीरकोट नगरपालिका नगर कार्यपालिकाको आयोजना र वास स्याङ्गजा शाखाको सहजीकरणमा भीरकोट नगरपालिकाले प्रदान गर्ने सेवा, सुविधा र प्रभावकारीता विषयक आ.व. २०७७/०७८ को पहिलो/दोस्रोे चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
भीरकोट नगरपालिका वडा नं. १ मा अवस्थित नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरुको प्रश्नको जवाफ दिँदै कार्यक्रमका प्रमुख जवाफदेही वक्त्ता एंव नगर प्रमुख छायाराम खनालले नगरवासीको जन चाहाना अनुरुप योजनादेखि अन्य विकास निर्माणको काम गर्दै आएको भन्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखेको बताए ।
हरेक क्रियाकलापमा नगरवासीको साथको आवश्यकता पर्ने भएकाले जनताको आवाजको सही कदर गर्दै कार्यान्वयन गर्ने गरेको भन्दै प्रमुख खनालले नगर विकासमा सवै वर्गको प्रतिनिधित्व आवश्यक पर्ने बताए र साथै खनालले वालमैत्री नगर घोषणा पश्चात सो कार्यलाई प्रभावकारी बनाउनको लागि उल्लेखित सूचकहरुको सही पालना गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले महिला पुरुष दुवैलाई कुनै किसिमको विभेद गर्न नहुने भन्दै सबैलाई समेट्ने गरी ऐन नियम बनाई कार्यान्वयनको पक्षमा रहेको बताउनुभयो । जनताको गुनासो र समस्या समाधानका लागि अहोरात्र खट्ने जनप्रतिनिधि बेलाबेलामा विवादमा आउने गरेको भन्दै असल कार्यको पनि सबैले प्रशंशा गर्नुपर्ने बताउनुभयो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, नेका भीरकोटका सचिव श्यामकाजी अधिकारी, त्यसैगरी सेवाग्राहीहरु केशरजंग अधिकारी, लोक नारायण श्रेष्ठ, मिन बहादुर केसी, कमल बहादुर थापा, अशोक खत्री, खैसरा विक, अमृत कर्माचार्य लगायतले नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुको पार्दशिता राखी जनताका कामहरुलाई तिव्र रुपमा सामाधान गर्ने कार्य तर्फ लाग्न आग्रह गरेका थिए ।
भीरकोट नगरपालिकाका नगर प्रवत्ता दिपेन्द्र केसीको स्वागतसंगै शुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण वास गण्डकी प्रदेश संयोजक एंव स्याङ्गजा शाखाका अध्यक्ष चुत्र वहादुर महत एशिवले गर्नुभएको थियो ।
भीरकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले नगरपालिकाले दोस्रो चौमासिक अवधिभर गरेका गतिविधिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी विभिन्न संघ संस्थाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।