रबि लामिछाने स्याङ्जा आउँदै

भदौ १६, २०७९


स्मार्ट अखबार संवाददाता
१६ भाद्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने स्याङ्जा आउने हुनुभएको छ। सभापती लामिछाने भोलि शुक्रवार वालिङमा हुने स्याङ्जा जिल्ला भेलालाई सम्बोधन गर्न स्याङ्जा आउन लाग्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति डिल्लीराम कोइरालाले जानकारी दिनुभयो।सभापती लामिछानेले जिल्ला भेला सँगसँगै फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका स्याङ्जामा हुने जनभेलालाई समेत सम्बोधन गर्ने पार्टीले जनाएको छ। लामिछानेले भोलि बिहान  ९ बजे फेदिखोला, ११ बजे स्याङ्जा र दिउँसो  १२.३० बजे वालिङमा सम्बोधन  गर्ने पार्टीले जनाएको छ।