हाम्रो भीरकोट

माघ २७, २०७८


२७ माघ, २०७८

जता ततै हरियाली हेर्दा कति राम्रो
त्यही बिचमा कलकल बग्छ आँधिखोला हाम्रो
सबै कुरा राम्रो यहाँ केही छैन खोट
प्रकृतिको अनुपम भण्डार हाम्रो भीरकोट ।।

मौलाकालिका, छायाँक्षेत्र भीरकोटको शान
मुलकाबाराहि देवीको पनि गर्छौं सबले मान
तामुलेक , पकान फाँट सबै हुन् हाम्रो
हेरीरहुँ जस्तो लाग्ने दृश्य कति राम्रो।।

गडहरे गुफा छ यहाँ सबको रोजाइमा पर्ने
गाईको जस्तो थुनबाट निरन्तर जल झर्ने
स्वरेक मैदान पनि भीरकोटको काखै मा छ नि
कति आउँछन् प्यारासुट चढी भीरकोट हेर्न भनी।।

विविध जातजातिको संगम यहाँ धर्म फरक भएका
रोचक र मौलिक लोकसंस्कृति अनेकौं रहेका
सबै मिलिजुली बस्ने डाँडा वारि परी
भिन्दै जात र धर्म मान्नेहरूको यो सुन्दर फूलबारी।।

बालमैत्री भीरकोटको हामी फेर्नेछौ मुहार भोलि
सारै राम्रो भीरकोट हाम्रो यो प्रकृतिको चोलि
रमाइलो सुन्दर ठाउँमा बस्ने सबको हुन्छ चाहा
त्यस्तो ठाउँ त भीरकोट बाहेक होला र खै कहाँ ।।