आधारभुत संस्कृत भाषा कक्षालाई प्राथमिकता

कार्तिक ०३, २०८०


स्मार्ट सम्वाददाता, स्याङ्जा
३ कार्तिक २०८०, शुक्रबार
विश्व हिन्दु युवा संघ स्याङ्जाले संस्कृत भाषा कक्षालाई प्राथमिकता दिन थालेको छ l संघले वालिङ नगरपालिकामा संचालन गरेको आधारभूत भाषा कक्षाले लोकप्रियता प्राप्त गरेपछि  अर्जुनचौपारी गाउँपालिकामा पनि कक्षा संचालन गर्न लागेको हो l संघले वालिङको केदारनाथ मन्दिरमा संचालन गरेको कक्षामा सम्मानजनक उपस्थिति भएपछि पालिकासँग समन्वय गरी अर्जुन चौपारीमा पनि  आधारभुत संस्कृत भाषा कक्षा सन्चालन गर्न लागिएको जिल्ला अध्यक्ष नबराज पौडेलले स्मार्ट अखबारलाई बताए l
अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले संस्कृत भाषा नैतिकता, सकारात्मक उर्जा र सनातन धर्मको पनि महत्वपूर्ण अंगको रूपमा रहेकाले यसको महत्व दिनानुदिन बढ्दै गैरहेको बताए l पूर्वीय ज्ञान, विज्ञान  र दर्शन बुझ्न समेत संस्कृत भाषा जान्नु आवश्यक रहेको तिवारीको धारणा छ l
विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलले जिल्लाका ११ वटै पालिकामा आधारभूत संस्कृत भाषा कक्षा संचालनको तयारी भैरहेको बताए l पालिकाका प्रसिद्ध धार्मिक स्थलहरूमा भाषा कक्षा संचालनको लागि स्थानीय सरकारहरूसँग समन्वय भैरहेको पौडेलले बताए l