प्रदेश प्रतिनिधिका अब्बल व्यक्तित्व राजकुमार गुरुङ

कार्तिक ३०, २०७८


भीरकोट खबर संवाददाता , ३० कार्तिक २०७८

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा युवाहरूको उम्मेदवारी उल्लेखनीय देखिएको छ। स्याङ्जाको भीरकोटका युवाहरूले पनि प्रदेश प्रतिनिधि र सचिव, सह सचिव लगायतका पदहरूमा आफ्नो उम्मेदवारी घोषणा गरेका छ्न्।

भीरकोटबाट राजकुमार गुरुङ , मिना खाँण,  हेम प्रकाश गुरुङ ,सुनिल चापागाईं, अमृत अर्याल लगायतका व्यक्तित्वहरूले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। जसमध्ये भीरकोट ८ सिरूखर्कमा जन्मनुभएका राजकुमार गुरुङले स्याङ्जा क्षेत्र नं २ क बाट प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँ राजनीतिक मात्र नभएर एक प्रभावशाली सामाजिक व्यक्तित्व समेत हुनुहुन्छ। आँधिखोला पिस युथ क्लबको अध्यक्षको भूमिकामा रहेर भएर क्लबकै आयोजनामा तीन पटकसम्म बयरघारी महोत्सव गर्न सफल गुरुङ कोरोना महामारीको समयमा वडा नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) सँग सहकार्य गर्दै दिलो ज्यान दिएर विरामीहरूको उद्धारमा खटिनुभएको थियो।

भीरकोट उद्योग वाणिज्य संघको सदस्यमा गत निर्वाचनमा सबैभन्दा बढी मत पाएर निर्वाचित बन्नुभएका गुरुङ भीरकोटका युवापुस्ता माझ एकदमै लोकप्रिय हुनुहुन्छ। मेला महोत्सव मार्फत भीरकोटलाई देश विदेशमा चिनाउन सफल गुरुङ भीरकोट तरूण दलका सफल सभापति हुनुहुन्छ। क्लब मार्फत सामाजिक सेवामा अग्रसर गुरुङले नगर क्षेत्रमा सडक बत्ती जडानमा पनि सकृय भूमिका निर्वाह गर्नुभएको थियो।स्याङ्जाबाट राष्ट्रिय खेलाडीको पहिचान बनाएका   खेलप्रेमी व्यक्तित्व गरूङ्ले भीरकोटको खेलकुदको विकासमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ। सहज र विनोदप्रिय व्यवहारका कारण युवापुस्तामाझ लोकप्रिय गुरुङको अहिले सम्मको राजनीतिक जीवन सफल छ।हरेक लोकतान्त्रिक आन्दोलनमा सकृय गुरुङले सबै क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत प्रदान गर्दै युवाहरूको सक्रियतालाई माया गर्न आग्रह गर्नुभएको छ।

भीरकोट ८, सिरूखर्कको १०० रोपनी पाखोबारीमा सुन्तला, अलैंची, एभोकाडो लगायतका फलफूल खेती गरेर युवाहरूलाई स्वदेशमै उद्यमशील बन्न अभिप्रेरित गर्नुभएका गुरूङले बयरघारी रमाइलो मेला आयोजनाबाट भएको आम्दानीले क्लबको तर्फबाट भूकम्पको बेला घर भत्किएका, आगालगीमा घरबास गुमाएका भीरकोट र वालिङका  गरिब र  दिनदुखीहरूलाई सहयोग गर्नुभएको थियो।मनकारी सामाजिक व्यक्तितब गुरूङ भीरकोटका युवाहरूलाई लागुपदार्थ विरूद्ध जनचेतना प्रदान गर्ने कार्यमा  समेत सक्रिय हुनुहुन्छ।