पेट्रोलियम पदार्थको मूल्य वृद्धि

असोज १३, २०८०


Price hike

१३ असोज २०८०, शनिबार

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल प्रतिलिटर ६ र एलपी ग्यास प्रतिसिलिन्डर रु २१५ ले बढेको छ ।

त्यस्तै हवाई इन्धन आन्तारिक तर्फ प्रतिलिटर ८ रुपैयाँ र अन्तराष्टिय तर्फ १.०३५ डलरबाट १.०९५ डलर पुर्याइएको छ ।

मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोल प्रतिलिटरको मुल्य पहिलो वर्गका लागि १८२.५० रुपैयाँ, डिजेल १७६.५० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै खाना पकाउने एलपि ग्यासको प्रतिसिलिण्डर मुल्य २ हजार १ सय १० रुपैयाँ तिर्नु पर्ने भएको छ ।निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।