एमालेका वडा अध्यक्षका उम्मेदवार घाईते

बैशाख २८, २०७९


२७ वैशाख २०७९,स्याङ्जा
नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणमा परी नेकपा एमालेको तर्फबाट पुतलीबजार नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार गौतम थापा घाईते हुनुभएको छ । कांग्रेस कार्यकर्ताको आक्रमणमा परी घाईते हुनुभएका थापाको खुट्टामा फ्याक्चर भएकाले जिल्ला अस्पताल स्याङ्जामा उपचार गरिएको नेकपा एमाले पुतलीबजारले जनाएको छ । नेकपा एमालेका कार्यकर्ताले वडा अध्यक्षका उम्मेदवार थापा माथि सुनियोजित रुपमा आक्रमण गरिएको र प्रमुख जिल्ला अधिकारीले जिल्लामा शान्ति सुरक्षा दिन नसकेको भन्दै नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी राजु पौडेलका विरुद्धमा चरको नाराबाजी लगाउदै जिल्ला छाड्न माग गरेका थिए । एमालेको अवरोधले गर्दा केही समय सिद्धार्थ राजमार्ग अवरुद्ध हुन पुगेको थियो ।