रास्वपा पुतलीबजारको सभापतिमा डा. पङ्गेनी

स्मार्ट संवाददाता, स्याङ्जा
३० असार २०८०

स्याङ्जाको पुतलीबजार नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले भेलाले नयाँ कार्यसमिति गठन गरेको छ ।शनिबार आयोजित नेता तथा कार्यकर्ताहरूको भेलाले डा. वसन्त पङ्गेनीलाई सभापतिको जिम्मेवारी प्रदान गरेको छ। कार्यसमितिको उपसभापतिमा गुरुप्रसाद ढकाल, कोषाध्यक्षमा देवी अर्याल, सदस्यहरुमा डिल्लीराम सुबेदी, जगन्नाथ अर्याल, मुनुर दिन अली, उमा फुयाँल र सुवास रेग्मी रहेका छ्न् । सचिव भने कमिटीलाई समावेशी बनाउने गरी पछि निर्णय गरिने बताइएको छ ।

पार्टीका केन्द्रीय उपसभापति डोलप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त नगर भेलामा प्रदेश सभापति राजेन्द्र गौतम, रास्वपा प्रदेश इन्चार्ज झविलाल डुम्रे, प्रदेश महामन्त्री अशोक खड्का, केन्द्रीय सदस्य मेघ आले, पुतलीबजार संयोजक डा.वसन्त पङ्गेनी लगायतको उपस्थिति रहेको थियो ।स्याङ्जाको प्रगतिनगर सभाहलमा भएको उक्त कार्यक्रमको सभपतित्व पुतलीबजार संयोजक डा. वसन्त पङगेनी, सञ्चालन जिल्ला संयोजक विश्वास भण्डारीले गरेका थिए।