पूर्व प्रधानमन्त्री ओलिद्वारा आँधिखोलाको प्रशासकीय भवन उद्घाटन

जेठ २६, २०८०


राम बहादुर रोकाहा , स्याङ्जा
२६ जेठ २०८०

स्याङ्जा जिल्लास्थित आँधिखोला गाउँपालिकाको प्रशासकीय भवनको आज एक कार्यक्रम बिच उद्घाटन भएको छ । आँधिखोला गाउँपालिका वार्ड -५ कृषि स्थित नवनिर्मित प्रशासकीय भवनको पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष के.पि. ओलिद्वारा भएको हो ।
पुर्व प्रधानमन्त्री ओलीले आफू करिब १ वर्ष (कारागार) बसेको जिल्ला आउँदा माइत आएको अनुभुती भएको बताउनुभयो । उहाँले पालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गरेर सेवाग्राहीलाई सहजता बनाएमा राम्रो उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले भवनको उद्घाटनमा पालिका बासी लगायतकाको उपस्थिति देख्दा पालिकाले प्रवाह गरेको सेवा सुविधाबाट सम्पुर्ण सेवाग्राहीहरु खुसीले हर्षित भएको महसुस भएको बताउनुभयो ।

करिब २७ रोपनी जग्गामा रु. ५ करोड ६४ लाख ४२ हजारको लागतमा निर्माण गरिएको सो प्रशासकीय भवनबाटै २०७९ साल श्रावण १८ गतेदेखी नै जनप्रतिनिधि , स्थानीयहरु लगायतको उपस्थितिमा सेवा प्रवाह गरिएको गाउँपालिका प्रमुख विश्व पौडेलले बताउनुभयो ।गाउँपालिकाका प्रमुख विश्वनाथ पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेल , पुर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य सीता कुमारी सुन्दास , पुर्व माननीयहरु , प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका नेपाली सेना , नेपाल प्रहरी , नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारीहरु , स्याङ्जाका विभिन्न नगर/गाउँपलिकाका प्रमुख/उपप्रमुख , पालिकाबासीहरु , संचारकर्मीहरु लगायतका करिब १ हजार २सय जनाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले गर्नुभएको थियो ।

त्यस्तै , आँधिखोला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पश्चात् कालीगण्डकी गाउँपालिकाको भवन समेत पुर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवन ७ करोड ७० लाख लागतमा निर्माण भएको हो ।