एमाले अध्यक्ष ओली आज स्याङ्जा सदरमुकाम आउँदै

कार्तिक २१, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
२१ कार्तिक २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा आउँदै हुनुहुन्छ। जिल्ला सदरमुकाम स्याङ्जामा नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष सूर्य कुमार गैह्रे (पारश)ले जानकारी दिनुभयो। जिल्ला सदरमुकाम स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १ बजे पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष गैह्रेले जानकारी दिनुभयो। आम सभाको सम्पूर्ण तयारी पूरा भएको र करिब १५ हजार नेता कार्याकर्ताको उपस्थिति रहने पार्टी स्रोतले जानकारी दियो।

स्याङ्जामा एमालेको तर्फबाट क्षेत्र नं १ मा नारायण प्रसाद मरासिनी र क्षेत्र नं २ मा केन्द्रिय सचिव पदमा कुमारी अर्याल चुनावी मैदानमा हुनुहुन्छ। प्रदेश सभा १ “क” मा सीता सुन्दास , “ख” मा सुधिर पौडेल , प्रदेश सभा २ “क” मा मोहन रेग्मी र “ख” डा. बुद्धिमान श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ। मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला स्तरीय आमसभाको आयोजना गरिएको एमाले स्याङ्जाले जनाएको छ ।

विज्ञापन
बिज्ञापन