डिजेल र पेट्रोलको मूल्य घट्यो

मङि्सर २९, २०८०


Price hike

२९ मसिंर २०८०, शुक्रबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा डिजेल र पेट्रोलको मूल्य क्रमश: ३.१६ र ३.०७ रूपैयाँ घटेर आएकोले मूल्य घटाइएको निगमले जनाएको छ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १६७ रूपैयाँ र डिजेल/मट्टीतेलको प्रतिलिटर मूल्य १५७ रूपैयाँ  पर्नेछ । यसअघि पेट्रोल लिटरको १७० र डिजेल/मट्टीतेल १६० रुपैयाँ थियो ।हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।