टेलिकमको ‘समर अफर’, भ्वाइस र डेटा सेवामा थपिए नयाँ सुविधा
स्मार्ट अखबार संवाददाता
५ साउन २०७९
नेपाल टेलिकमले साउन १ देखि लागू गरेको ‘समर अफर’ मा नयाँ सुविधा थपिएकाे छ । कम्पनीले याे अफरअन्तर्गत भ्वाइस, डेटा र एसएमएसमा विभिन्न प्याक ल्याएकाे छ ।
नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अलनेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध छ ।
२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध छ र एक दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक तीन दिनका लागि रु. ४९ मा उपलब्ध छ ।
त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डेटा एक दिन (२४ घण्टा) का लागि रु. ४९ मा उपलब्ध छ । यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ ।
अब सबै नेटवर्कमा रू. १५ मा १०० एसएमएस एक दिनका लागि उपलब्ध छ भने २०० एसएमएस तीन दिनका लागि रु. २९ र ३०० एसएमएस २८ दिनका लागि रु. ९८ मा पठाउन सकिने कम्पनीले जनाएकाे छ ।
कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरिएकाे छ भने सीयूजी अफरअन्तर्गत उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढी डेटा भोल्युम उपलब्ध गराइएको कम्पनीकाे भनाइ छ ।
सीयूजी १००० मा यसअघि १० जीबी डेटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ ।त्यस्तै सीयूजी १५०० मा २० जीबी डेटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ ।त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डेटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।
पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डेटा र भ्वाइसमा थप मिनेटसहित उपलब्ध गराइएको छ भने कतिपय अफरलाई परिमार्जन गरिएको छ ।
(टेकपाना बाट साभार)