नेपाली काङ्ग्रेस भीरकोटको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

असोज २२, २०७८


 

भीरकोट,असोज २२                                                 

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नगर अधिवेसनबाट निर्वाचित भीरकोट नगर कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न भएको छ। पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काङ्ग्रेस समय अनुसार परिवर्तन हुन नसक्दा पार्टी कमजोर बन्दै जान थालेको बताउनुभएको थियो। समयको माग र युवाको चाहना अनुसार पार्टी रुपान्तरणको गर्नुपर्ने भन्दै उहाँले पार्टी हितमा निरन्तर लाग्ने व्यक्तिले पार्टीमा स्थान पाए मात्र पार्टीको जनाधार बलियो हुने कुरामा जोड दिनुभएको थियो। काङ्ग्रेसमा लागेका नेता तथा कार्यकर्ताले १४ औं महाधिवेशनलाई सफल र युगान्तकारी बनाउन सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो।                                                       

  1. कार्यक्रममा कार्यवहाक जिल्ला सभापति बुद्धिबहादुर राना, पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, महासमिति सदस्य छायाराम खनाल, क्षेत्रिय सभापति देवबहादुर खाँण, महाधिवेसन प्रतिनिधि गोविन्द कुमार कर्माचार्य लगायतका वक्ताहरुले आफ्नो शुभकामना मतव्य राख्नुभएको थियो।महाधिवेशन कार्यतालिका पटक पटक संशोधन हुँदा कार्यकर्ता निराश भएको भन्दै उहाँहरूले शिर्ष नेताहरूलाई दुरदर्शी निर्णय गरी कार्यकर्ताको मनोबल बढाउने कार्य गर्न आग्रह गर्नुभएको थियो। नगर अधिवेशन सँगै भीरकोट काँग्रेसको नेतृत्व युवाहरूको हातमा आएको छ।नगर अधिवेशनमा वडा नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)एक मतको झिनो अन्तरले विजयी हुनुभएको थियो।भीरकोट नगर कार्यसमितिमा नवनिर्वाचित सभापति अधिकारी(लक्ष्मण) सहितको युवा नेतृत्वलाई निवर्तमान सभापति तोयनाथ अर्यालले पार्टीको सबै जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।