भीरकोट नगरपालिकामा उद्यम विकास सहजकर्ताको पदपूर्तिका लागि करार सेवामा आवेदन माग ।

मङि्सर ११, २०७७


भीरकोट नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा-MEDPA) को लागी उद्यम विकास सहजकर्ता सेवा करारमा नियुक्तिका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको छ ।

आवश्यक न्युनतम योग्यता र अनुभव
१. क) शैक्षिक योग्यता:
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा उत्तिर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बाट उद्यम विकास सहजकर्ता सिप परिक्षण तह २ वा ३ उत्तिर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, (सिटिइभिटी) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धि प्राविधिक प्रवेशिका परिक्षा (टिएसएलसि) उत्तिर्ण गरेको ।

२.) उमेर कम्तिमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको,
३.) दरखास्त दिने स्थान:- भीरकोट नगरपालिकाको कार्यालय, बयरघारी, स्याङ्गजा ।
४.) दरखास्त दिने अन्तिम मिति:- २०७७/०८/२४
५.) छनौट किसिम:- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र अन्तर्वार्ता ।
६.) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु:-
क) नागरिकताको प्रमाणित प्रतिलिपी
ख)न्युनतम योग्यताको लब्धांक प्रमाणपत्रको प्रतिलपी
ग) चारित्रिक प्रमाणपत्रको प्रतिलिपी
घ) अनुभव खुल्ने आवश्यक कागजातहरु
ङ) 2 प्रति पासपोर्ट साइजको फोटो
७.) सेवा सुविधा:- प्रचलित नियम बमोजिम,

नोट:- दस्खास्त आवेदन भीरकोट नगरपालिका कार्यालयको इमेल मार्फत पनि पेश गर्न सकिनेछ । परीक्षामा सामेल हुन आउँदा अनिवार्य रुपमा सक्कल कागजातहरु लिएर आउनुपर्नेछ । परीक्षा दस्तुर वापतको रकम भीरकोट नगरपालिकाको मेगा बैँकमा रहेकोको ग.१-१ भीरकोट नगरपालिका अन्तरिक राजस्व खाताको खाता नं. १०६००१००२७३५८ मा जम्मा गरि सोको भौचर सहित आवश्यक कागजातहरुको प्रतिलिपी कार्यालयको इमेल ito.bheerkotmun@gmail.com मा पेश गर्न सकिनेछ।
विस्तृत जानकारीको लागी सम्पर्क व्यक्ति:
खेम नारायण पौडेल (अधिकृत स्तर आठौँ),सम्पर्क नं. ९८५६०६९२५५
राम प्रसाद खनाल (अधिकृत स्तर छैठौ), सम्पर्क नं. ९८४६११२०६८

नगरपालिकाको सूचना हर्नुहोस l