स्मार्ट अखबार संवाददाता
५ भाद्र २०७९

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) स्याङ्जाको अध्यक्षमा पुन: आनन्द पाठक निर्वाचित हुनुभएको छ। स्याङ्जा बजारमा आज सम्पन्न एलाइन्सको चौंथो अधिवेशनबाट पाठक दोस्रो पटक निर्वाचित हुनुभएको हो।अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। एलाइन्सको उपाध्यक्षमा भिमा कुमारी थापा, सचिवमा भिम राना, कोषाध्यक्षमा मोहम्मद जुमाल अलि, सदस्यमा सुमित चापागाईं र सीता पुरी निर्वाचित हुनुभएको छ। ३ जना सदस्य थप गरी कार्यसमिति विस्तार गरिने एलाइन्सले जनाएको छ।

मानव अधिकार एलाइन्सका केन्द्रिय सचिव रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रे,पार्टी प्रदेश कमिटी सचिवालय सदस्य सुधिर कुमार पौडेल, मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य अनन्त कुमार श्रेष्ठ ,नम्रता थापा, मानव अधिकार एलायन्सका कास्कीका अध्यक्ष पदमराज पहारी र मानव अधिकार अभियान्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं मानव अधिकार एलायन्सका केन्द्रिय सचिव रामचन्द्र पौडेलले मानव अधिकारको संरक्षण र सम्बर्धनमा योगदान गर्न एलाइन्समा आवद्ध सबैलाई आग्रह गर्नुभएको थियो। अन्यायमा परेका जनताका दु: ख, पिर , मर्काका पक्षमा आवाज उठाउँदै जिल्लामा मानव अधिकारको अवस्था सुदृढ बनाउन उहाँको आग्रह थियो।

नवनिर्वाचित अध्यक्ष पाठकले संगठनको उद्देश्य अनुरूप
मानव अधिकारको संरक्षण ,वकालत गर्दै लैङ्गिक समता, सामाजिक न्याय , महिला अधिकारको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here