निर्वाचन आयोगद्वारा स्थानीय निर्वाचन कार्यतालिका सार्वजनिक

चैत ०५, २०७८


४ फागुन २०७८

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आयोगले २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।

वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगले बताएको छ । त्यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ।वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।आयोगको कार्यतालिका अनुसार वैशाख १७ उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ।