निर्वाचन आचारसंहितासम्बन्धि कार्यक्रम सम्पन्न

बैशाख ०९, २०७९


स्मार्ट अखबार संवाददाता, भीरकोट
९ वैशाख २०७९

स्थानीय निर्वाचनलाई लक्षित गरेर बालमैत्री नगरपालिका भीरकोटमा निर्वाचन आचारसंहिता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाले भीरकोट नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), नेकपा (माओवादी) केन्द्रका अध्यक्ष मीन प्रसाद कोइराला , राष्ट्रिय प्रजातन्त्र पार्टी भीरकोटका अध्यक्ष हर्क रोका लगायतका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , नगर प्रमुख छायाराम खनाल, पत्रकार, सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।नगरपालिकाका निर्वाचन अधिकृत ऋषिराम आचार्यले निर्वाचन आचारसंहिताका विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो।निर्वाचन आचारसंहिता सम्बन्धि सम्पूर्ण विवरण निर्वाचन आयोगको वेवसाइट http://www.election.gov.np मा उपलब्ध  छ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित बनाउन राजनीतिक दल, दलका भातृ संगठन, उम्मेदवार , निर्वाचित जनप्रतिनिधि , संचारकर्मी, मतदाता सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने  निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो।

यसैगरी आचारसंहिताको पालना गर्न र गराउन एवं निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन अधिकृत आचार्य संयोजक , राजनीतिक दलका प्रमुख/ प्रतिनिधि, स्थानीय सुरक्षा निकायको प्रमुख सदस्य रहने गरि स्थानीय तह निर्वाचन समन्वय समिती गठन गरिएको छ।