खरानी(कविता)

माघ ११, २०७९


कुशल पोख्रेल, स्याङ्जा
११ माघ २०७९

कोहि थाहै नपाई खरानी भए,
त कोहि सोचेरै खरानी भए,
हाम्रै अवस्थाले भए ,
व्यवस्थाले भए, सायद वेवास्ताले भए।

एउटा वदन जल्दा करौडौँ मन खरानी भए,
एक थोपा रगत चुहिँदा लाखौं आशुका थोपा चुहिए।
नजल्नु पर्नेको आत्मा दिनहुँ जलिरहेछ,
नहुनु पर्नेको दिल पलपल खरानी भैइरहेछ,

अब यो जलनको राप वालुवाटारको वायुमण्डलमै विलिन हुन्छ,
अनि यो खरानीको धुलो सेतीको खोँचबाट बगेरै हराउँछ,
सायद यो धुवाँ कहिल्यै छिर्दैन वालुवाटार भित्र,
सायद यो खरानी कहिल्यै पुग्न सक्दैन शितलनिवास भित्र।

यदि जल्नु पर्नेको मन जल्थ्यो त….
बारम्बार ती निर्दोष शरीर जलेको देख्नु पर्थेन।

#हार्दिक_श्रद्धाञ्जली_प्रेम_प्रसाद