स्याङ्जामा गठबन्धनलाई पराजित गर्दै दुई पालिकामा एमालेको जित
२ जेठ २०७९, स्याङ्जा
स्याङ्जाको कालीगण्डकीमा एमालेले जितेको छ । कालीगण्डकीमा एमालेले अध्यक्ष र उपाध्यक्ष नै जितेको हो । अध्यक्षका उमेदवार खिम थापाले ६ हजार ७ सय मतसहित बिजयी हुनुभएको हो । थापाले गठबंधनका उमेदवार माया रानालाई पराजित गर्दै बिजयी हुनुभएको हो । उपबिजेता रानाले ५ हजार ५५ मत ल्याउनु भएको छ । थापा र रानाको मतान्तर १६४५ रहेको छ ।
त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार साबित्रा कोईरालाले जित्नुभएको छ । कोईरालाले ६ हजार २२३ मत ल्याउदा उहाका प्रतिस्पर्धि गठबंधनका जनमुक्तिका बम लामिछानेले ४ हजार ८३० मत ल्याउनुभएको छ । उहाँहरुको मतान्तर १ हजार ३९३ रहेको छ । ७ वडा रहेको कालीगण्डकीमा १,३,६ मा एमाले र २, ४, ५,७ मा काग्रेसले जितेको छ । थापा र कोईराला निवर्तमान अध्यक्ष उपाध्यक्ष हुनुहुन्छ । उहाहरुको यो दोस्रो कार्यकाल हो ।
यसैबीच फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले गठबन्धनका नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । सुवेदीले ३ हजार ८३६ मत प्राप्त गनुभएको छ भने उहाँको प्रति द्वन्दी नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी हुनु भएको हो । एमालेकी देउकुमारी गुरुङले ३ हजार ९७८ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३७९ मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पनि घनश्याम सुवेदी गाउँपालिकाको अध्यक्षमा विजयी हुनु भएको थियो ।