चुनावको मुखैमा चापाकोट कांग्रेसमा पहिरो

कार्तिक १५, २०७९


स्मार्ट अखबार संवाददाता, चापाकोट
१५ कार्तिक २०७९

चुनावको मुखैमा नेपाली काँग्रेस चापाकोटका दुई दर्जन भन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेपछि चापाकोट काँग्रेसमा पहिरो गएको छ । आज चापाकोट नगरपालिका वडा नं १० कालिडाँडा, खोले गाउँमा भएको एक कार्यक्रम बीच २९ जना कार्यकर्ताहरू एमालेका जिल्ला अध्यक्ष सूर्य कुमार गैह्रे (पारश)ले जानकारी  दिनुभयो ।

नेपाली काँग्रेस वडा नं १० का वडा सचिव रोमाकान्त रेग्मीको नेतृत्वमा २९ जना कार्यकर्तालाई नेकपा एमालेका सचिव एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार पदमा कुमारी अर्यालले पार्टी प्रवेश गराउनुभएको हो ।

विज्ञापन

नव प्रवेशी रोमकान्त भन्नुहुन्छ , ” चापाकोटमा काँग्रेसले जनतालाइ गर्ने व्यवहार र विकासमा पनि राजनिति गर्ने प्रवृत्तिका कारण हामी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हौँ । ” ७४ को स्थानिय निर्वाचनमा डा. बुद्धिमानलाई जिताउन नसक्दा चापाकोटले विकास देख्न नपाएको उनीहरुको गुनासो छ । अहिले संघ र प्रदेशमा नेकपा एमालेलाइ विजयी गराउने उनीहरुको लक्ष्य छ ।

बिज्ञापन