भीरकोटको मेयरमा गोविन्दकुमार कर्माचार्य निर्वाचित, उमपेयरमा भगवती

जेठ ०२, २०७९


२ बैशाख २०७९

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मुख्य आकर्षण बनेको स्याङ्जाको भीरकोट नगरपालिकाको मेयरमा नेपाली कांँग्रेसका गोबिन्द कुमार कर्माचार्य आफ्ना निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८३५ को मतान्तरले हराउँदै विजयी हुनुभएको छ ।

भीरकोट नगरपालिकामा १३ हजार १३ मत खसेको निर्वाचन अधिकारी ऋषिराम आचार्यले जानकारी दिनुभयो।जसमध्ये नेपाली कांग्रेसका गोबिन्दकुमार कर्माचार्यले६५०४ मत , नेकपा एमालेका विश्वनाथ अर्यालले दोस्रो स्थानमा रहेर ५६६९ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरि उपमेयरको दौडमा विजयी हुनुभएकी नेपाली कांँग्रेसकी भगवती रेग्मी अर्यालले २२६९ मतले निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वति अधिकारीलाई पराजित गर्नुभएको छ । उप-मेयरमा विजयी भगवती रेग्मी अर्यालले सर्वाधिक ७१९७  मत प्राप्त गर्नुभयो भने, सरस्वति अधिकारीले कूल ४९२८ मत प्राप्त गर्नुभयो ।

भीरकोट पालिका जस्तै सम्पूर्ण स्याङ्गजाबासीहरु नतिजा हेर्न निक्कै उत्सुक रहिरहेको वालिङ नगरपालिकाको मतपरिणाम पनि अब शीघ्र आउने तयारीमा छ । दोश्रो चरणको स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम आइसक्दा जनताले रोजेका सबै प्रतिनिधिहरुलाई स्मार्ट अखबार आफ्नो सफल कार्यकालको शुभकामना प्रदान गर्दछ, साथै स्थानीय विकास तथा जिम्मेवारीको विषयमा ५ वर्ष जनताले भोगेको समस्यामा सहयोगी हात बन्न सकोस् ।