स्थानीय तह निर्वाचन : स्याङजाका प्रमुख पदमा चुनिन सकेनन महिला, ३ वडा अध्यक्ष जिते

जेठ ०७, २०७९


कला राना,स्याङ्जा
७ जेष्ठ २०७९



स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजानिकिकरण पनि अन्तिम अन्तिममा आईपुगेको छ । देशभरका नगरपालिका तथा गाउँपालिकाको निर्वाचन मतपरिणाम सार्वजानिक भईसकेर पनि नवनिर्वाचित जनप्रतिनिधिले पदभार समेत गरिसकेका छन् । यद्यपी उपमहानगर तथा महानगरपालिकामा भने अन्तिम मतपरिणाम आईसकेको छैन् । यता ११ स्थानीय तह रहेको स्याङ्जाका प्रमुख तथा पालिका अध्यक्ष तथा जनप्रतिनिधिहरुले प्रमाणपत्र लिएर पनि पदभार ग्रहण गरेका छन्। ११ तहमा कुनै पनि तहमा महिला नेतृत्व आउन सकेनन् ।



यहाँका ३ पालिकामा महिला उम्मेदवार निर्वाचनमा होमिएपनि बाजी मार्न सकेनन् । जिल्लाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले र संयुक्त गठबन्धनले महिला उम्मेदवारी उठाएपनि यसपटकको निर्वाचनबाट महिला चुुनिन सकेनन् । पुतलीबजार नगरपालिकामा निर्वतमान नगरप्रमुख सिमाकुमारी क्षेत्री, नेपाली कांँग्रेसका तुलसीराम रेग्मीसंँग पराजित हुन पुग्नुभयो ।

२०७४ सालको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएर एक कार्यकाल काम गरिसक्नुभएकी क्षेत्री यसपटक भने पराजित हुनुभयो । वि. सं २०७४ को निर्वाचनमा रेग्मीलाई पराजित गर्नुभएकी क्षेत्री यसपटक भने रेग्मीबाटै पराजित हुनभएको हो । रेग्मीले क्षेत्रीलाई २ हजार ४०४ मतान्तरले पराजित गर्नुभएको हो ।

त्यस्तै यता अर्जुनचौपारी गाउँपालिकामा समेत चिनमाया गुरुङ पराजित हुनु पुग्नुभयो । निर्वतमान गाउँपालिका उपाध्यक्ष गुरुङलाई गठबन्धनबाट नेपाली कांँग्रेसका प्रकाश तिवारीले पराजित गर्नुभएको हो । एक कार्यकाल उपाध्यक्ष भएर काम गरिसक्नुभएकी गुरुङलाई तिवारीले १ हजार ९४४ मतान्तरले पराजित गर्नुभएको हो ।

त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांँग्रेसकातर्फबाट उम्मेदवारी दिनुभएकी माया राना एमालेका उम्मेदवार खिमबहादुर थापासंँग पराजित हुनुभयो । एक कार्यकाल अध्यक्ष बनिसक्नुभएका थापाले गठबन्धनबाट कांँग्रेसकी उम्मेदवार रानालाई पराजित गर्नुभएको हो । थापाले रानालाई १ हजार ६४५ मतान्तरले पराजित गर्नुभएको हो । २०७४ सालको निर्वाचनमा एक्ली महिला नगरप्रमुखको रुपमा पुतलीबजारमा सिमाकुमारी क्षेत्री निर्वाचित हुनुभएको थियो भने यसपटक २०७९ को स्थानीय निर्वाचनमा महिला नेतृत्वमा आउन सकेनन् ।

११ वटै पालिकामा पुरुष उम्मेदवार विजयी भए । देश संघिय संरचनामा गईसकेपछि प्रमुख तथा उपप्रमुखमा महिला उम्मेदवार अनिवार्य गरिएसंँगै जिल्लाका ११ वटै पालिकामा महिलाहरु उप प्रमुखमा मात्र सिमिति हुन पुगे । नेकपा एमालेले जिल्लाका दुई पालिकामा महिला उम्मेदवार उठाएको थियो भने कांँग्रेसले एक महिलालाई उम्मेदवार बनाएको थियो । जिल्लामा अन्य राजनितिक दलले समेत केहि पालिका प्रमुख पदमा महिला उम्मेदवार उठाएपनि यहाँ कांँग्रेस र एमालेबीच नै कडा प्रतिष्पर्धा भयो ।

त्यस्तै जिल्लाका ९७ वडामा ३ वडा अध्यक्ष मात्रै महिला निर्वाचित भएका छन् । चापाकोट नगरपालिकामा नेपाली काँग्रेसबाट तारादेवि पोख्रेल, विरुवा गाउँपालिकामा माओवादी केन्द्रबाट मनुकुमारी राना र कालिगण्डकी गाउँपालिकामा नेपाली कांँग्रेसबाट वडा नं. २ मा खगिसरा आले निर्वाचित हुनुभएको छ ।