समाजवादीका उम्मेदवार भट्टराईद्वारा उम्मेदवारी निष्कृय

कार्तिक २३, २०७९


स्मार्ट संवाददाता, स्याङ्जा
२३ कार्तिक २०७९

विज्ञापन

स्याङ्जा जिल्लाको क्षेत्र नं २ क मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निस्कृय बनाएको घोषणा गरेका छ्न्।आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्थानिय नेता कार्यकर्ता , समर्थक र शुभचिन्तकको सुझाव र पार्टी अध्यक्ष माधव कुमार नेपालको निर्देशन बमोजिम उम्मेदवारी निष्कृय बनाएको उल्लेख गरेका छ्न्।

सत्ता गठबन्धनले स्याङ्जा क्षेत्र नं २ क मा सुरूमा भट्टराईको नाम सिफारिस गरेको थियो। मनोनयन दर्ताका दिन समाजवादीका उम्मेदवार भट्टराईले गठबन्धनको साझा उम्मेदवार आफूनै भएको बताउँदै सुरूमै उम्मेदवारी दर्ता गराएका थिए। केही समयपछि नेपाली काँग्रेसका उम्मेदवार भोजराज अर्यालले पनि उम्मेदवारी दर्ता गराएका थिए। क्षेत्र नं २ मा समाजवादीको जनाधार कमजोर भएकाले उनले आफ्नो उम्मेदवारी अन्तिमा आएर फिर्ता लिएको आँकलन गरिएको छ।भट्टराई नेकपा एसका जिल्ला कमिटी अध्यक्ष समेत हुन्।

बिज्ञापन