स्याङ्जाका प्रकाश पराजुलीको समूह बन्यो दोहोरी च्याम्पियनको बिजेता

कार्तिक १३, २०७८


कार्तिक १३, पोखरा

नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि स्याङ्जाका  प्रकाश पराजुली र  दाङकी मिना बुढाथोकीले जित्नुभएको छ ।

पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा दर्शकले गरेको भोटिङका आधारमा पराजुली र बुढाथोकी समूहले दोहोरी च्याम्पियनको उपाधि जितेको हो । पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।लोकदोहोरीको क्षेत्रमा एक दशकको अनुभव सँगालेका अधिकारी वालिङ् नगरपालिका -१२, धनमुढा सिर्सेकोटका स्थायी बासिन्दा हुन्।शब्द संकलन /लेखन र गायनमा अब्बल पराजुलीले लोक गीत संगितको उर्वर भूमी स्याङ्जाको सान र नाम राख्न सफल हुनुभएको छ।

 

शोभा कार्की र बालचन्द्र बरालको समूह  दोहोरी च्याम्पियनको उपविजेता बनेको छ। उपविजेता  समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा पुरस्कार पाएको छ ।

विजेता र उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नुभयो ।कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो । नेपाल टेलिभिजनले  ‘दोहोरी च्याम्पियनको दोस्रो सिजन पनि सञ्चालन गर्ने जनाएको छ।